आज :

सिके राउतको पार्टी पनि फुट्यो, महत्तोले बनाए नयाँ समूह

काठमाडौं । सीके राउतको पार्टी पनि फुटेको छ । राउतका दायाँ हातको रुपमा चिनिएका तत्कालिन स्वतन्त्र मधेस गठबन्धनका सहसंयोजक कैलाश महतोले नयाँ पार्टी बनाएका छन् । महत्तोको नेतृत्वमा स्वाधीन मधेस जनअभियान नामक समूहको घोषणा गरिएको छ ।

आइतबार जनकपुर धाममा महत्तोले १४ सदस्यीय स्वाधीन मधेश जन–अभियानको तदर्थ समिति आइतबार जनकपुरधाममा घोषणा गरेका छन् । महतोको नयाँ समूहमा रमेश सिंह, संजय कुमार साह, सतिला यादव, ध्रुव प्रसाद कहार ‘गौंड’, महेन्द्र प्रसाद चौधरी, हकिकुल्लाह मुसलमान, दिनेश प्रसाद यादव र सुजित कुशवाहा, देवकान्त सिंह, जगरनाथ सहनी, अनवर खानलगायत रहेका छन् ।

महत्तोको समूहमा तराई-मधेसका अधिकांश जिल्लाबाट प्रतिनिधित्व रहेको देखिन्छ । देशमा समानता र समतामूलक समाज र विभेदरहित सामाजिक प्रणालीको स्थापना गर्न नयाँ पार्टी बनाउनु पुरेको संयोजक महत्तोले बताए ।

मधेसी जनताले अपहेलित र अधिकारविहीन भएर बस्नुपरेको अवस्थालाई राज्यले गम्भीर रुपमा लिनुपर्ने बताए । उनले विगतमा राज्य र मधेसबीच भएका सहमति अध्ययन गरेर कार्यान्वयनको लागिदवाव दिने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal