आज :

प्रचण्डसहित पाँच सचिवालय सदस्यको लिखित पत्रः ओलीको जवाफ – जे सक्नुहुन्छ त्यही गर्नुस्

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादले झन उग्र रुप लिने देखिएको छ । बैठक बोलाउन माग गर्दै शनिबार प्रचण्डसहित पाँच सचिवालय सदस्य र अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको छलफलले विवाद झन बढाएको छ । कार्यकारी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष बामदेव गौतम, नेताहरु माधव कुमार नेपाल, झलानाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ पार्टीको बैठक बोलाउन माग गर्दै लिखित पत्र बोकेर शनिबार बालुवाटार पुगेका थिए ।

बालुवाटारमा नेताहरुबीच करिब दुई घण्टासम्म एक अर्काबीच आरोपप्रत्यारोप लगाएर बित्यो । पाँच सचिवालय सदस्यहरुले एकस्वरमा बैठक बोलाउन ओलीलाई आग्रह गरेका थिए । उनीहरुले यसअघि भएका निर्णय कार्यान्वयन गर्नुपर्ने, पार्टीसँग सरसल्लाहका आधारमा सरकारका गतिविधि सञ्चालन गरिदिनुपर्ने बताए । जुन लिखित पत्रमा उल्लेख गरिएको छ ।

जवाफमा ओलीले आफूले कुनैपनि हालतमा बैठक नबोलाउने भन्दै सरकारविरुद्ध गुटबन्दी गरेको आरोप लगाएका थिए । एक नेताका अनुसार ओलीले गुटबन्दी गरेर सरकारलाई काम गर्न नदिएको भन्दै जनमतको अपमान नगर्न चेतावनी समेत दिएका थिए । ओलीले पाँचै नेताहरुलाई जे गर्न सक्नुहुन्छ गर्नुस् तर बैठक नबोलाउने बताएको एक नेताले बताए ।

ओलीले गुटबन्दी गरेको आरोपको खण्डन गर्दै प्रचण्डले जबजको बहस फेरि ब्यूँताएर गुटबन्दी गरेको र पार्टीका निर्णय नमानेर मनपरी गर्न खोजेको बताएका थिए ।

बालुवाटर छलफल पछि पार्टी प्रवक्ता नारायणकाज श्रेष्ठले पार्टी एकता रक्षा गर्नका लागि समयमै समग्र विषयमा छलफल गर्न बैठक आवश्यक रहेकाले प्रधानमन्त्रीलाई लिखित जानकारी गराएको संचारकर्मीहरुलाई जानकारी दिए । श्रेष्ठले पार्टीको सचिवालय बैठक बोलाउन ओली तयार नभएको समेत बताए । ओलीले पत्रबारे उल्लेख गरिएका विषयबारे कुनै प्रतिकृया नदिएको बताइएको छ ।

शुक्रबार पाँच सदस्य सचिवालय सदस्यको अनौपचारिक बैठकले बैठक बोलाउन माग गर्दै ओलीलाई लिखित पत्र लेख्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal