आज :

प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटवार्ता, के भयो कुरा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणेले शुक्रबार शिष्टचार भेटवार्ता गरेका छन्। नेपाल भ्रमणको अन्तिम दिन शुक्रबार दिउँसो नरवणेले प्रधानमन्‍त्रीसँग भेटवार्ता गरेका हुन् ।

तीन दिने औपचारिक भ्रमण सकेर आजै दिल्ली फर्किन लागेका नरवणेको भेटमा सीमा विवाद लगायतक विषयमा कुरा भएको बताइएको छ । नयाँ नक्सा जारी गरेपछि नेपालविरुद्ध सार्वजनिक रुपमा अभिव्यक्ति दिएका नरवणे र प्रधानमन्त्रीबीच के भयो भन्नेबारे प्रधानमन्त्री कार्यालयले केही बताएको छैन । तर, प्रधानमन्त्री ओली र भारतीय संस्थापन पक्षबीच पछिल्ला दिनमा बाक्लो संवाद भइरहेको छ । केही दिन पहिले मात्रै भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग पनि ओलीको गोप्य रुपमा भेट भएको थियो ।

रअ प्रमुखसँगको भेटको चौतर्फी विरोध भइरहेको बेला सेनाध्यक्षसँग भेटवार्ता भएको छ । ओलीले रक्षामन्त्रीको हैसियतमा नरवणेसँग भेटवार्ता गरेको बताइएको छ । उनको भ्रमणलाई भारतले नरवणेसँग सन्देश पठाएको रुपमा हेरिएको छ ।

बिहीबार नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरिएको थियो। बिहीबारै प्रधानसेनापति पूर्णचन्द्र थापा र नरवणेबीच पनि भेटवार्ता भएको थियो । प्रधानसेनापति थापाको निमन्त्रणामा नेपाल भ्रमणमा आएका नरवणेले विहान हिमश्रृखलाको हेलिकोप्टरबाट अवलोकन गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal