आज :

नेपाली सेनाले नरवणेलाई दियो नेपालमै बनेको एक लाख मास्क

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय स्थल सेनाध्यक्ष मनोज कुमुन्द नरवणेबीच आज भेटवार्ता भएको छ । नेपालको तीन भ्रमणको क्रममा बुधबार काठमाडौं पुगेका नरवाणे थापालाई भेट्न सैनिक मुख्यालय पुगेका थिए ।

सैनिक मुख्यालयका अनुसार बिहीबार जंगी अड्डामा भएको भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र सेनाध्यक्षबीचको भेटमा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको थियो । भेटपछि नरवणेलाई नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाहरुका बारेमा प्रस्तुतिकरण गरिएको थियो ।

भेटघाट पश्चात् जङ्गी अड्डामै आयोजित अर्को कार्यक्रममा नरवणेले नेपाली सेनालाई विगतमा सम्पन्न नेपाल–भार बिलाटेरल कन्सल्टेटिभ ग्रुप मिटिङ अन सेक्युरिटी इस्यूको निर्णय अनुसार, सहयोग स्वरुप दुइ वटा फिल्ड अस्पताल स्थापनाको लागि एम्बुलेन्स, उपकरणहरु तथा अन्य स्वास्थ्य सामग्रीहरुका साथै भेन्टिलेटरहरु समेत हस्तान्तरण गरेका थिए ।

यसैबीच नेपाली सेनाले कोरोनाबाट बच्न भारतीय सेनालाई एक लाख थान मास्क हस्तान्तरण गरेको छ । नेपाल भ्रमणमा रहेका सेनाध्यक्ष नरवाणेलाई प्रधानसेनापति थापाले एक लाख थान मास्क हस्तान्तरण गरेका हुन् ।

नेपालमै बनेको मास्क नेपाली सेनाका तर्फबाट थापाले भारतीय सेनाको लागि १ लाख थान मेडिकल मास्क र शान्तिको प्रतिक भगवान बुद्धको प्रतिमा हस्तान्तरण गरेका थिए ।

आजै साँझ नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal