आज :

प्रतिबन्धलाई छल्दै नेकपाद्वारा सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँमा विरोध जुलुस निकालेको छ । विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कार्यक्रमअनुसार विहीबार कोरोना उपचारमा सरकारले गैरजिम्मेवार बनेको, भारतीय सेनाध्यक्ष भ्रमणले राष्ट्रियतामाथि आँच पुगेको र सीमा अतिक्रमणको विरोधमा देशभर विरोध प्रदर्शन भइरहेको छ ।

त्यसैक्रममा प्रतिबन्धलाई छल्दै नेकपा काठमाडौँको आयोजनामा बालाजुमा दिउँसै विरोध जुलुस निकालिएको छ । पार्टीका जिल्ला सेक्रेटरी पवनको नेतृत्वमा भएको विरोध प्रदर्शनमा स्थानीय समर्थक र शुभचिन्तकको पनि सहभागी रहेको नेकपा काठमाडौँले जनाएको छ ।

सहभागीहरुले सरकारविरुद्ध चर्का नारबाजी गरेका थिए । उनीहरुले जनतालाई निः शूल्क उपचारको व्यवस्था गर, भ्रष्टाचारीलाई कारवाही गर, कालापानीबाट भारतीय सेना फिर्ता गर, भारतीय साम्राज्यवाद मूर्दावाद, भारतीय सेनाध्यक्षलाई नेपाली सेनाका मानार्थ उपाधि खारेज गर, राज्य आतंक बन्द गर, गि रफ्तार नेता कार्यकर्ता रिहा गर, एकीकृत जनक्रान्ति जिन्दावादजस्ता लगाएका थिए ।

हिजो मात्रै नेकपा काठमाडौँले भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणेको नेपाल भ्रमणको विरोधमा कालोझण्डासहित ठाउँठाउँमा विरोध प्रर्दशन गरेको थियो । कडा सुरक्षाबीच नेकपाका नेता कार्यकर्ताहरुले एयरपोर्ट, वानेश्वर क्षेत्रबाट कालो बेलुनमा कालोझण्डा उडाएर विरोध जनाएका थिए । त्यस्तै नेकपा नेता कार्यकर्ताहरुले साँझ ठाउँठाउँमा मशाल जुलुस समेत निकालेका थिए ।

नेकपाका महासचिव विप्लवले कात्तिक ५ गते एक विज्ञप्ति जारी गरेर सरकारविरुद्ध देशव्यापी संघर्षका कार्यक्रम घोषणा गरेका थिए । आम नागरिको निःशूल्क स्वास्थ्य जाँच र उपचार, कोरोना महामारीका नाममा भ्रष्टाचार र व्यापारीकरण बन्द, भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै विप्लवले कात्तिक १५ गते देशभर कोणसभा, १७ गते पर्चा वितरण र २० गते देशव्यापी विरोध जुलुस निकाल्ने घोषणा गरेका थिजए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal