आज :

भारतीय सेनाध्यक्ष नरवणे एयरपोर्टमा पुग्दा काठमाडौंंको आकाशमा काला बेलुन

काठमाडौँ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल भ्रमणको क्रममा काठमाडौंमा छन् । तीन भ्रमणको लागि नरवणे बुधबार दिउँसो काठमाडौं ओर्लेका हुन् । नरवणेको भ्रमणको चौतर्फी विरोध गर्दै स्थगित गर्न माग बढेको थियो । तर सरकारले नरवणेलाई स्वागत गर्यो ।

भारतीय सेनाध्यक्ष नरवणे हवाई सेनाको विशेष विमानबाट काठमाडौं झरेलगत्तै विभिन्न स्थानमा उनको विरोधमा भएको थियो । नरवणेको भ्रमणले नेपालको स्वाधिनतामाथि आँच पुर्याएको भन्दै विभिन्न राजनीतिक पार्टी र स्वतन्त्र रुपमा पनि विरोध भइरहेको छ ।

नेपालमाथि भारतीय साम्राज्यवादको हस्तक्षेपकै बीच बुधबार भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेको नेपाल भ्रमणविरुद्ध नेकपाले काठमाडौँमै कालो बेलुन, कालोझन्डा प्रदर्शनसहित कोणसभा र मशाल जुलुस प्रदर्शन गरेको छ । नरवणेको भ्रमणविरुद्ध प्रदर्शन रोक्न सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो । तर प्रदर्शन रोक्न सकेन । एयरपोर्ट आसपास, मध्यवानेश्वर, माइतीघर लगायतका स्थानमा नरवणेविरुद्ध नाराबाजी गर्दै कालोझण्डा देखाइएको थियो ।

विप्लव नेतृत्वको नेकपा, क्रान्तिकारी माओवादीसहित विभिन्न राजनीतिक पार्टीले कालोझण्डा देखाएका थिए । नेकपाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा कालो बेलुन प्रदर्शन गर्नुका साथै कोणसभा र साँझ मशाल जुलुससमेत प्रदर्शन गरेका छन् ।

नेकपामा आबद्ध संयुक्त जवसको आयोजनामा काठमाडौँका विभिन्न स्थानमा कालोझन्डा, कालो बेलुनसहित विरोध प्रदर्शन र कोणसभा आयोजना गर्नुका साथै साँझ मशाल जुलुस प्रदर्शन गरिएको हो ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी काठमाडौंको आयोजनामा बुधबार साँझ कोटेश्वर चोकमा नाराबाजी गर्दै मशाल जुलुस निकालिएको हो । विद्यार्थीहरुले नरवणेको नेपाल भ्रमणले राष्ट्रिय स्वाधिनतामाथि आँच पुगेको बताउँदै नाराबाजी गरेका थिए ।

त्यसैगरी विद्यार्थीहरुले नरवणेलाई प्रदान गर्न लागिएको महारथीको उपाधि खारेज गर्न, कोरोनाका नाममा भएको भ्रष्टाचारका दोषीलाई कारवाही, कोरोना पीडितको निःशुल्क उपचारको माग गर्दै नाराबाजी गरेका थिए ।

त्यसअघि अखिल क्रान्तिकारीसहित संयुक्त विद्यार्थी संगठनहरुले नरवणेको नेपाल भ्रमणको विरोध जनाउँदै उपाधि खारेज गर्न माग गरेका थिए ।

चार दिने नेपाल भ्रमणको लागि बुधबार काठमाडौं पुगेका नरवणेको विरोध जनाउँदै सरोकारवाला‍हरु माइतीघरसहित काठमाडौंका विभिन्न स्थानहरुमा विरोध प्रदर्शन गरेका थिए । उनीहरुले विरोधमा कालो बलुन उडाउनुको साथै कालो झण्डा समेत देखाएका थिए ।

त्यसैगरी २१ दलीय मोर्चाले पनि नरवणेको भ्रमणको विरोध गर्दै संयुक्त रुपमा विज्ञप्ति जारी गरेको थियो । त्यस्तै, ९३ जना प्रगतिशिल लेखक तथा साहित्यकारले नेपाल र नेपाली अपमान गर्ने नरवणेलाई भ्रमण निम्तो दिएर महारथी उपाधि दिनु राष्ट्रिय स्वाधिनताको विरुद्धमा भएको भन्दै विरोध जनाएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal