आज :

इजरायलले बनाएको कोरोना खोपको पहिलो चरणको क्लिनिकल परीक्षण सुरु

काठमाडौं । इजरायलले पनि कोरोना भाइरस विरुद्धको खोप विकास गरेको छ । इजरायली अधिकारीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार खोपको पहिलो चरणको क्लिनिकल परीक्षण सुरु भइसकेको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले  महामारीको सुरुमै इजरायल इन्स्टिच्युट फर बायोलोजिकल रिसर्च (आईआईबीआर) लाई कोभिड–१९ भाइरसबिरूद्ध खोप विकास गर्न निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार आईआईबीआरले विकासको विकास गरेको हो ।

अधिकारीहरुका अनुसार शेबा मेडिकल सेन्टर र जेरूसेलमको हद्दास मेडिकल सेन्टरमा कार्यरत दुई स्वयम्सेवकहरूलाई खोप दिएर परीक्षण सुरु गरिएको थियो । पहिलो चरण ८० जना र दोस्रो चरणमा ९८० जनामा खोपको परीक्षण गर्ने आईआईबीआरले जनाएको छ । खोपको अन्तिम चरणमा अप्रिलसम्म २५ हजार व्यक्तिमा परीक्षण गर्ने बताइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले इजरायली खोपलाई विश्वव्यापी रूपमा परीक्षण भइरहेका अग्रणी ४० खोपहरुमध्ये एक भएको जनाएको छ ।

इजरायलमा अहिलेसम्म कूल तीन लाख १४ हजार व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने दुई हजार ५४१ व्यक्तिको ज्यान गएको छ ।

यसैबीच इजरायली सरकराले प्राथमिक तहमा पढ्ने विद्यार्थीहरुलाई पढाइका लागि विद्यालय जान अनुमति दिइसकेको छ । बिस्तारै अन्य क्षेत्रलाई पनि खुकुलो बनाउँदै लैजाने नेतान्याहूले बताएका छन् ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal