आज :

सांसद तथा नेपालको पहिलो चाउचाउका मालिक केसीको आजै अन्त्येष्टि, पोखरा महानगरपालिकादेखि सबै वडाहरु बन्द

पोखरा। सांसद तथा व्यवसायी सूर्यबहादुर केसीको आजै अन्त्येष्टि गरिएको छ । नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्य केसीको सोमबार राति १०ः३० बजे निधन भएको थियो ।

नेपालको पहिलो चाउचाउ (रारा)का मालिक समेत रहेका केसीको मंगलबार विहान परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । नेपाली काँग्रेसका आमन्त्रिक केन्द्रीय सदस्य समेत रहेका ६३ वर्षीय केसी मिर्गौला रोगबाट पीडित थिए । पोखराका चर्चित व्यवसायी समेत रहेका केसीको रारा चाउचाउका लगानीकर्तासँगै जलविद्युत क्षेत्रमासमेत ठूलो लगानी रहेको छ । केसी माछापुच्छ्रे बैंकका संस्थापक समेत हुन् ।

त्यसैगरी केसीले २०२३ सालमा राइस मिल संचालन गरेका थिए । उनी व्यवसायीसँगै राजनीतिमा समेत आवद्ध हुँदै आएका थिए । तत्कालिन समयमा पोखरा नगर पञ्चालयका प्रधान समेत भएका थिए । राप्रपाबाट सांसद भइसक‍ेका केसी पछि नेपाली काँग्रेसमा प्रवेश गरेका सांसद भएका थिए । केसीका श्रीमती र तीन जना छोरा छन् ।

यसैबीच पोखरा महानरपालिकाले केसीको निधनको शोकमा सबै कार्यालय बन्द गरेको छ । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापित शेरबहादुर देउवालगायतका नेताहरुले केसीप्रति श्रद्धाञ्जली अपर्ण गर्दै परिवारमा समवेदन व्यक्त गरेका छन् ।

केसीले भारतको दिल्लीमा उपचार गराइरहेका थिए तर कोरोना महामारीका कारण नियमित जाँच गराउन पाएका थिएनन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal