आज :

कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन रोकियो

काठमाडौं । कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन रोकिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनगर्ठनको तयारी गरेपनि आइतबार हुन सकेन । मुख्यमन्त्री शाहीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेको संचारमाध्यमहरुमा समाचार सार्वजनिक भएको थियो ।

मुख्यमन्त्री शाहीविरुद्ध आफ्नै पार्टीका नेताहरुले अविश्वास प्रस्ताव ल्याएपछि विवाद उत्कर्षमा पुगेको थियो । कर्णालीमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेताहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको बताइएको छ । वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरुले पछि हटेसँगै अविश्वास प्रस्ताव असफल भएको थियो ।

कर्णालीको विवाद मिलाउन मुख्यमन्त्रीसहित दुबै पक्षधर नेताहरुलाई काठमाडौं बोलाउँदा पनि विवाद समाधान हुन सकेको थिएन । प्रधानमन्त्री ओलीले प्रदेश सरकार केन्द्रकै अंग भएकोले आफैले निर्णय गर्न नसक्ने भन्दै मुख्यमन्त्री शाहीलाई प्रमुख सचेतकबारे लिइएको निर्णय फिर्ता लिन निर्देशन दिएका थिए । यो पछि झन‍् विवाद बढेको थियो ।

केन्द्रमा विवाद समाधान नभएपछि मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेको बताइएको छ । आइतबार नै मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालिएको समाचार सार्वजनिक भएको थियो ।

प्रधानमन्त्री ओली निकट मानिएका सामाजिक विकास मन्त्री दल रावल र नन्दसिंह बुढालाई हटाएर नेता नेपाल निकट नेताहरुलाई मन्त्रीमा नियुक्त गर्ने हल्ला चलेको थियो । तर मन्त्री रावलले आफूले मुख्यमन्त्री शाहीलाई सहयोग गर्नुको साथै उत्कृष्ठ कार्य सम्पादन गरेको कारण राजिनामा नदिने बताएका थिए ।

पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले रोक्न भनेपछि मुख्यमन्त्री शाहीले आइतबार मन्त्रिपरिषद् पुनर्गठन रोकिएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal