आज :

हामीले उत्कृष्ठ कार्य सम्पादन गरेकाले हट्नु पर्ने कारण छैनः मन्त्री रावल

काठमाडौं । सत्तारुढ (नेकपा)को आन्तरिक लडाईले अन्य प्रदेशहरु भन्दा कार्य सम्पादनका हिसाबले उत्कृष्ट मानिएको कर्णाली प्रदेश सरकार एकले अर्काको रिस फेर्ने वा बदला लिने कृडा स्थल बनेको छ । कहिले सरकार विरुद्ध अविश्वास प्रस्ताव त कहिले आफ्नै सरकार विरुद्ध लाग्ने जिम्मेवार नेताहरुको वर्खास्ति यो सबै (नेकपा) को दुइ गुटबीचको जुङ्गाको लडाई बनेको छ कर्णाली प्रदेश सरकार ।

मुलतः प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’–वरिष्ठ नेता माधव नेपाल यी दुई समुहको लडाइको कोपभाजनमा पछिल्लो समय सामाजिक विकास मन्त्री दल रावललाई बर्खास्त गर्ने तयारी भएको हल्ला बाहिर आएको छ ।
प्रधानमन्त्री केपी ओली पक्षका मन्त्री रावललाई माधवकुमार नेपालले पटक–पटक मन्त्री पदबाट राजीनामा दिन दबाब दिँदै आएका थिए । उनले राजीनामा दिन नमानेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उनी लगायत कर्णालीका पर्यटनमन्त्री नन्दसिंह बुढालाई बर्खास्त गर्ने तयारी रहेको स्रोतले बताएको छ ।

मन्त्री रावलको राजीनामाको विषयमा अनलाईन डबलीसंग कुरा गर्दै स्वकिय सचिब नन्द बहादुर रोकायाले मन्त्री रावललाई राजीनामा दिन दबाब आएको स्वीकार्दै भने “मन्त्रीज्युको नेतृत्वमा सामाजिक विकास मन्त्रालयले उत्कष्ृठ कार्यसम्पादन गरेको छ, राजीनामाको बलियो कारण केही पनि छैन, अनि किन राजीनामा दिनु ।”

देश संघीयतामा गएपछि सबैभन्दा सक्रिय सामाजिक मन्त्रीको रुपमा रावलले भूमिका निभाउँदै आएका थिए । स्वास्थ्य सुचकाङ्कमा सबैभन्दा पछि परेको कर्णाली प्रदेशमा स्वास्थ्य संरचना र जनशक्तिको तयारी हुँदै गएको छ । कोरोना नियन्त्रणमा उनकै नेतृत्वमा देशकै सफल प्रदेशका रुपमा रहेको छ । देश संघियतामा गएपछि सबैभन्दा पहिला प्रदेश स्वास्थ्य नीति बनाउने पनि नेतृत्व पनि उनैले लिएको थिए । मुख्यमन्त्रीको सचिवालयले भने मन्त्री रावलसँग राजीनामा नमागेको बरु विगतदेखि आजसम्म कर्णाली प्रदेश सरकारका हरेक मन्त्रीहरुबीच राम्रो सहकार्य भएकोले थप सहयोग गर्न आग्रह गरेको बताएको छ ।

कर्णाली प्रदेश चाहे नाम र राजधानी होस चाहे योजना आयोग या नीति निर्माणका हरेक विषयमा अरु प्रदेशहरु भन्दा उत्कृठ प्रदेशाकारुपमा परिचित छ । तर दुर्भाग्य आज सत्तारुढ पार्टीकै कृडास्थल बन्नु दःखत बिषय भएकोप्रति सरोकारवालाहरु चिन्ता जाहेर गर्दछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal