आज :

नेकपाको आयोजनामा काठमाडौंमा सरकारविरुद्ध एकैदिन दर्जन स्थानमा कोणसभा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा काठमाडौंका विभिन्न स्थानहरुमा कोणसभा सम्पन्न भएका छन् । विप्लव नेतृत्वको नेकपा काठमाडौंले कोरोनाको निःशूल्क उपचार, कोरोना महामारीको नाममा भइरहेका भ्रष्टाचार र व्यपारीकरण बन्द गर्न र नेपालीभूमि कालापानीबाट भारतीय सेना फिर्ताको माग गर्दै कोणसभा गरेको हो ।

पार्टीको केन्द्रीय कार्यक्रमअनुसार प्रतिबन्धलाई छल्दै नेकपा काठमाडौंको आयोजनामा कोटेश्वरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपाका काठमाडौं सेक्रेटरी पवनले सरकारले कोरोना संक्रमितको उपचार नगर्ने निर्णय गर्नु गैरजिम्मेवारीको पराकाष्टा भएका बताउँदै निःशूल्क उपचारको व्यवस्था गर्न माग समेत गरे । नेपालीभूमिबाट भारतीय सेना फिर्ताको पहल गर्न छोडेर कुटनीतिक मर्यादा विपतरित प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्चर विभागका प्रमुखलाई भेट्नु आपत्तिजनक भएको बताउँदै पवनले ओलीको राष्ट्रवादको मुकुण्डो खुस्किएको बताए ।

सोही सभालाई नेकपाका जिल्ला सदस्य अविरलले सरकारले नै भ्रष्टाचारलाई संरक्षण दिइरहेको बताउँदै आफ्नो पार्टीले त्यस्ता भ्रष्टहरुको लिष्ट तयार गरिरहेको बताउँदै कारवाही नगरे जनसरकारले गर्ने चेतावनी दिए ।

त्यसैगरी गोकणेश्वरको सहिद पार्कमा आयोजित कोणसभालाईलाई पदम रसाइली र श्रीकृष्णले सम्बोधन गरेका थिए । दक्षिणकालीको छैमलेमा आयोजित कोणसभालाई निश्चचल र मिसन, नगार्जुनको स्वीचाटारमा आयोजित कोणसभालाई प्रताप र ग्याल्बोले सम्बोधन गर्दै सरकार जनविरोधी कार्यमा अगाडि बढेको भन्दै विरोध गरेका थिए ।

त्यस्तै शनिबार नै टोखाको भत्केपुल र चन्द्रागिरीको गुर्जुधारालगायतका स्थानहरुमा स्थानीयको सहभागीतामा कोणसभालाई सम्पन्न गरिएको नेकपा काठमाडौंले जनाएको छ । चन्द्रागिरीको कार्यक्रमलाई रमेश र टोखाको कोणसभालाई विज्ञानले सम्बोधन गरेका थिए । बक्ताहरुले सरकार भारतको दलालीमा लागेको र कोरोनाका उपचारबाट पन्छिएको आरोप लगाएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal