आज :

यी हुन् भारतीयलाई वंशजको आधारमा नेपाली नागरिकता दिलाउले जनप्रतिनिधि

धनगढी । जनप्रतिनिधिले नै भारतीयलाई नेपाली नागरिकता दिलाउन सिफारिस गरेको खुलासा भएको छ । भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेसँगै यो खुलासा भएको हो ।

भारतीयले नेपाली नागरिकता दिलाउन धनगढी उपमहानगरपालिका–१२ का अध्यक्ष गणेशप्रसाद जोशीले सिफारिस गरेका थिए । नक्कली बाबु तयार गरेर । २०७५ साल फागुन २० गते वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई नक्कली बुवा बन्न तयार पनि जोशीले बनाएको बताइएको छ । कैलाली प्रहरीका अनुसार जोशीले भारत‍ीयलाई नागरिकता दिलाउन मुख्य भूमिका खेलेका थिए ।

चौधरीलाई नक्कली बुवा बनाएर जोशीले भारतका अलियास अन्सारीलाई नागरिकता दिलाउन वडा कार्यालयबाट सिफारिस बनाएका थिए ।अन्सारी टीकापुर नगरपालिका– ७ मा बस्दै आएका छन् । नक्कली बुवा बन्ने चौधरी फरार छन् भने उनका दाजु खुशीराम चौधरीलाई पनि पक्राउ गरिएको छ ।

जोशी नेपाली काँग्रेसबाट विजयी वडाअध्यक्ष हुन् । जोशीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal