आज :

कोरोना संक्रमणका कारण संचारकर्मी गोपाल सिवाको निधन

काठमाडौं । संचारकर्मी तथा दलित अगुवा गोपाल परिवार (सिवा)को कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । दलित एकता संजाल नेपाल, अन्तर्रास्ट्रिय समन्वय समितिका सचिव समेत रहेका सिवाको सोमबार बेलुका ११ बजे निधन भएको हो।

सिवाले सामाजि संजाल फेसबुकमार्फत आफू र पत्नीलाई कोरोना संक्रमित भएको  जानकारी गराउदै पछिल्लो समय आफुहरुसँग नजिक रहेकाहरुलाई साबधानी अपनाउन समेत अनुरोध गरेका थिए ।

दलित अधिकारको क्षेत्रमा कलम चलाउँदै आएका सिवा लामो समयदेखि संचारकर्मीको रुपमा काम गरिरहेका थिए । हाम्रो संचार डट्कमको स्थापना कालदेखि नै प्रमुख भूमिकामा रहँदै आएका थिए ।

दलित एकता संजालमा प्रवासमा रहँदादेखि आबद्ध रहेर दलित समुदायको हक, हित र जातीय बिभेदविरुद्ध संजालमा आबद्ध रहेका सिवाको निधनले दलित अधिकारको आन्दोनललाई क्षति पुगको छ । संचारकर्मी र दलित अगुवाहरुले सिवाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

केही समयदेखि कुवेत रहेर कलम चलाइरहेका सिवा नेपाल पत्रकार महासंघ कुवेत शाखाका सहसचिव समेत थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal