आज :

आज काठमाडौंमा यस बर्ष यताकै चिसो तापक्रम, देशभर मौसम परिवर्तन यसरी हुदैछ

काठमाडौँ । पछिल्लो समय मौसम गर्मि बाट चिसो हुदै गएको छ । मौसम परिबर्तन सगै आज काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसोमा बदलिदै गएको छ । यसैबिच आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ११.४ डिग्री सेल्सियस रहको छ ।

यो बिचमा आज बिहानको मापन अनुसार सबैभन्दा कम तापक्रम जुम्लामा १ र डडेलधुरामा ९.५ डिग्री सेल्सियस रहेको छ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद शान्ति कँडेलका अनुसार मौसम दुई तरिकाले चिसो हुन्छ । एउटा अधिकतम तापक्रम घटेर र अर्को न्यूनतम तापक्रम घटेर । डम्म बादल लाग्यो भने बादलले ब्ल्यांकेटको काम गर्छ र अधिकतम तापक्रम घट्छ । बादल लागेन भने न्यूनतम तापक्रम घट्छ र चिसो हुन्छ । अहिले चिसो भएको न्यूनतम तापक्रम घटेको हो ।

उनका अनुसार दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस हुने छ । अब देशभर चिसो बढ्दै जाने छ । ‘तापक्रम घट्ने क्रममा छ । अब चिसो क्रमशः बढ्दै जानेछ भने पहाडी जिल्लाहरुमा हुस्सु पनि बढ्दै जानसक्ने हुन सक्छ ।
तापक्रम बढे पनि अहिले तत्कालै पानी पर्ने सम्भावना छैन् ।

अहिले पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal