आज :

कोरोनाबाट संविधानसभा सदस्य मानपुर चौधरीको निधन, प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण संविधानसभाका सदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट मंगलबार निधन भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका-४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान  प्रतिष्ठानमा मंगलबार निधन भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवका अनुसार केही दिनदेखि ज्वरो र रुघाखोकीबाट ग्रस्त भएका ५५ वर्षीय चौधरीलाई श्वासप्रश्वासमा समस्या भएपछि असोज तेस्रो साता उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो ।

घरमै नै नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीको निगरानीमा अक्सिजन लिएर उपचार गराउँदा श्वास फेर्न गारो भएपछि असोज २ गते राति थप उपचारका लागि प्रतिष्ठान लगिएको थियो ।

प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणको क्रममा असोज ३ गते चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । चौधरी मधुमेह र उच्च रक्तचापबाट समेत पीडित थिए ।

दुई साताको अन्तरालमा दुई पटक कोरोना परीक्षण गराउँदा पहिलो पटक नेगेटिभ र दोस्रो पटक पोजेटिभ देखिएको थियो। कोरोना पोजेटिभ आएपछि प्रतिष्ठानको आइसोलेशनमा उपचारकै क्रममा मंगलबार निधन भएको नगर प्रमुख वसन्तकुमार मिश्रले जानकारी दिए ।

चौधरी २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

यसैबीच (नेकपा) का अध्यक्ष प्रचण्डले दुःख व्यक्त गरेका छन् । संविधानसभा सदस्य तथा (नेकपा) २ नं. प्रदेश कमिटी सदस्य रहेका चौधरीको निधनले आफू दुखी भएको प्रचण्डले सामाजिक संजालमार्फत बताएका छन् ।

‘विगत लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय दिवंगत कमरेड चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछु’ प्रचण्डले भनेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal