आज :

बाबुराम र हिसिलालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं ।  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । जनता समाजवादी पार्टीका नेता समेत रहेका डा. भट्टराई शनिबार विहान आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका छन् ।

कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजेटिभ आएको भट्टराईले उल्लेख गरेका छन् । संक्रमण पुष्टि भएपछि चिकित्सकहरूको सल्लाह बमोजिम दुवै जना होम आइसोलेसनमा बसेको भट्टराईले जानकारी दिएका छन् । भट्टराईले केही समययता आफूहरुसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह पनि गरेका छन् ।

डा‍. भट्टरारईले सामाजिक संजालमा लेखेका छन्- हिसिला र म दुबैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो। चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं । केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal