आज :

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव फेलः अविश्वासको पक्षमा शून्य मत, शाहीको पक्षमा १८

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव फेल भएको छ । शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकले अस्वीकार गरेसँगै अविश्वासको प्रस्ताव फेल भएको हो । दलका बहुमत सदस्यले यसअघि दर्ता भएको अविश्वासको प्रस्ताव खारेज गरेका छन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा   केन्द्रमा सहमति नजुटेपछि कर्णाली प्रदेशले आफै अविश्वास प्रस्तावको छिनोफानो गरेको हो । यसअघि, प्रधानमन्त्री केपी ओली ओली पक्षले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर नेता माधव कुमार नेपाल पक्षधर सांसदहरुले आफ्नो हस्ताक्षर फिर्ता लिएका थिए ।

कर्णालीको विवाद मिलाउन दुबै पक्षलाई काठमाडौं बोलाउँदा पनि कुरा मिलेको थिएन । मुख्यमन्त्री तथा (नेकपा) कर्णाली प्रदेस संसदीय दलका नेता शाहीले आज दलको बैठक बोलाएका थिए । अविश्वासको प्रस्तावको फेस गर्न आजको बैठक बोलाइएको थियो । बैठकमा बहुमत सांसदहरु अविश्वास प्रस्तावको विपक्षमा उभिए । योसँगै मुख्यमन्त्री शाहीको पक्षमा बहुमत सिद्ध भएको छ ।

दलको बैठकमा मुख्यमन्त्रीको पक्षमा १८ र अविश्वास प्रस्तावको पक्षमा शून्य मत देखिएको छ । अविश्वासको प्रस्तावको पक्षमा एक जना सांसद पनि नउभिएन । बहुतले उक्त प्रस्तावलाई अस्वीकार गरेको छ । योसँगै कर्णालीमा ओली पक्षलाई ठूलै झट्का लागेको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले यसअघिका प्रमुख सचेतक गुलावजंग शाहलाई प्रमुख सचेतकको जिम्मेवारी दिन निर्दशन दिँदै पत्र काटेका छन् । कात्तिक ५ गतेको मितिमा काटिएको पत्रमा शाहलाई अविश्वास प्रस्तावको सहभागी नभएको भनिएको छ । तर अविश्वास प्रस्तावमा उनको पनि नाम र हस्ताक्षर छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal