आज :

२१ दलिय मोर्चाको कार्यक्रमबाट सामाजिक अभियान्ता कार्की गिर फ्तार

काठमाडौं । सामाजिक अभियान्ता तथा राष्ट्रिय जागर मंचका नेता नरबहादुर कार्कीलाई प्रहरीले गि’रफ्तार गरेको छ । कोरोना भाइरस संक्रमितको निःशूल्क उपचारको माग गर्दै गरिएको प्रदर्शनबाट विहीबार दिउँसो काठमाडौंबाट प्रहरीले गिर फ्तार गरिएको हो ।

क्रान्तिकारी माओवादी, नेकपा मालेसहितका साना २१ वाम घटकले विहीबार दिउँसो काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका थिए । शान्तिपूर्ण रुपमा गरिएको उक्त प्रदर्शन लगत्तै प्रहरीले कार्कीलाई गि रफ्तार गरेको थियो ।

२१ दलीय मोर्चाको तर्फबाट सीपी गजुरेलले विज्ञप्ति जारी गरेर गिरफ्तारीको विरोध गरेका छन् । गजुरेलले कार्कीको रिहाईको माग समेत गरेका छन् । उक्त प्रदर्शनमा राष्ट्रिय जागर मंचको तर्फबाट कार्की सहभागी भएका थिए ।

”कोभिड-१९ का विरामीहरुको निःशूल्क उपचार सम्वन्धी विषयमा विद्यमान संविधानद्वारा प्रदत्त अधिकारलाई समेत हरण गर्ने गरी सरकारले उपचार खर्च नदिने निर्णय गरेकोमा त्यसलाई फिर्ता लिन दवाव सिर्जनागर्नका लागि २१ राजनीतिक संगठनहरुको कार्यगत एकताद्वारा आज काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण कार्यक्रम आयोजना गरिएको थियो । २१ संगठन मध्येको एउटा घटक, राष्ट्रिय जागरण मंचका तर्फबाट उक्त कार्यक्रममा सहभागि हुनुभएका नरबहादुर कार्कीलाई प्रहरीले गि रफ्तार गरेको छ । शान्तिपूर्ण रुपमा सम्पन्न भएको कार्यक्रममा गरिएको यो गिरफ्तारीको हामी घोर भत्र्सना गर्दछौं र उक्त कार्यक्रममा सहभागि नर बहादुर कार्र्कीलाई अविलम्ब रिहाई गर्न सरकारसँग जोडदार माग गर्दछौं” विज्ञप्तिमा भनिएको छ । कार्कीलाई महानगरीय परिसर टेकुमा राखिएको बताइएको छ ।

२१ दलीय मोर्चामा नेकपा(मशाल), नेकपा(क्रान्तिकारी माओवादी), नेकपा(माले) ४.राष्ट्रिय जनमोर्चा, नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मंच, जन समाजवादी पार्टी, नेकपा(संयुक्त), राष्ट्रिय जागरण परिषद, नेपाल वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा(बोल्शेविक), राष्ट्रवादी केन्द्र, नेपाल, एम् सी सी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिष्ट पार्टी(माओवादी), मार्क्सवादी एकता अभियान, नेकपा(मार्क्सवादी), नेकपा मार्क्सवादी (पुष्पलाल) र  ने क पा (माओवादी)  सहभागी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal