आज :

राष्ट्रपति सीको आदेशपछि चिनियाँ जनमुक्ति सेना अमेरिकासँग युद्धको लागि तयार

काठमाडौँ । चिनियाँ जनमुक्ति सेना युद्धको लागि तयारी अवस्थामा रहेको छ । राष्ट्रपति सी जिनफिङले यही हप्ता सेनालाई उच्च सतर्कतासाथ सम्पूर्ण दिमाग र ऊर्जा युद्धको लागि तयारीमा राख्न निर्देशन दिएका थिए ।

चिनियाँ सरकारी संचारमाध्यम सिन्ह्वा न्युज एजेन्सीले सीले सो आदेश दिएको सार्वजनिक गरेको थियो । “सैनिकहरु उच्च सतर्कतासाथ रहनुपर्छ । तपाईँहरु आफ्नो सम्पूर्ण दिमाग र ऊर्जालाई युद्धका लागि तयार राख्नूस्” सीले भनेको भन्दै सिन्ह्वाले समाचार सम्प्रेशण गरेको थियो ।

सिन्ह्वाका अनुसार राष्ट्रपति सीले चाओझोउ सहरस्थित जनमुक्ति सेनाको जलसेनासँग भेटको क्रममा भने, “सैनिकहरु पूर्ण रुपमा वफादार, पूर्ण रुपमा शुद्ध र पूर्ण रुपमा विश्वासिलो हुनुपर्छ ।” रिपोर्ट अनुसार सीले आदेश दिने क्रममा प्रत्यक्ष रुपमा भारतको नाम लिएका थिएनन् ।

सीले आफ्नो सेनालाई युद्धको लागि तयारी अवस्थामा रहनु भनेको समाचार सार्वजनिक भएसँगै यसको विश्व राजनीतिमा चर्चाको विषय भएको छ । चीन भारती सीमा विवादलाई लिएर सीले यो आदेश नदिएको बताइएको छ ।

अमेरिकासँग बढ्दै गएको विवाद र अमेरिकाले दक्षिण चीन सागरमा गर्दै आएको सैन्य गतिविधिले चीन आक्रोसित भएको समाचारमा बताइएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव समेत रहेका राष्ट्रपति सीले अमेरिकले आफ्ना गतिविधि जारी राखे अवस्था जटिल हुन सक्ने चेतावनी दिँदै आएका थिए । तर, युद्धको लागि तयारी अवस्थामा रहन सार्वजनिक रुपमा आदेश भने पहिलो पटक दिएका हुन् । अमेरिकाले हङकङ र ताइवानमा पसेर चीनको सार्वभौमिकतामाथि आँच आउने गतिविधि गर्दै आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal