आज :

अन्ततः कोरियाको आसियाना एयरलाइन्समाथि कारवाही भयो, उडान अनुमति खारेज

काठमाडौं । कोरियाको आसियाना एयरलाइन्सको उडान अनुमति खारेज  भएको छ । पीसीआर परीक्षण नगरिएका यात्रु नेपाल ल्याएपछि नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले अनुमति खारेज गरेको हो । आसियाना एयरलाइन्सले स्वास्थ्य मापदण्ड विपरीत उडान गरेकोले भन्दै क्यानले कारवाही गरेको छ ।

नेपाल सरकारले सार्वजनिक गरेको स्वास्थ्य निर्देशिका विपरित एयरलाइन्सले यात्रु ल्याएको थियो । एयरलाइन्सले गत शनिवार १ सय ५५ नेपाली ल्याएकोमा १२ जनाको कोरोना परीक्षण रिपोट स्पष्ट नभएको र सरकारी स्वास्थ्य निर्देशिका विपरित उडान गरेकोले उडान अनुमति खारेज गरिएको क्यानका महानिर्देशक राजन पोखरेलले बताए । आसियानाले चार्टर्ड उडानको अनुमति पाएका दुई उडान बाँकी रहँदा नै कारवाहीमा परेको छ ।

यसअघि नेपाल एयरलाइन्सले पीसीआर रिपोट स्पष्ट नभएको नेपाली ल्याउदा सबै यात्रुलाई १ साता होटलमा राखेर सबै खर्च व्यहोर्न लगाईएको थियो । त्यस्तै, असाेज १६ गते नेपाल एयरलाइन्सको नियमित उडान मार्फत हङकङ गएका ५ नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै निगमको उडान रद्द गरिएकाे थियाे । निगमको न्यारोबडी मार्फत हङकङ गएका १२० जनामध्येमा ५ जनामा पोजेटिभ देखिएपछि हङकङ सरकारले निगमलाई कारवाही गर्दै १४ दिन उडान बन्द गरेको थियाे ।

नेपाल सरकारले उडान अनुमति खारेज गरेको आसियाना पहिलो विदेशी एयरलाइन्स कम्पनी हो । केही व्यक्तिहरुले आसियानका बाँकी उडान गर्न दिनुपर्ने भन्दै लविङ गरिरहेका छन् । तर अब त्यो सम्भवना नभएको क्यानका अधिकारी बताउँछन् । सस्तो भाडा भन्दै कोरियाबाट आसियाना एयरको कार्गो जहाजबाट नेपालीलाई ल्याएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal