आज :

मन्त्रिमण्डल पुनर्गठनः प्रधानमन्त्री ओलीले आफ्नै गुटका तीन जना थपे, प्रचण्ड-नेपालको विरोध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । ओलीले बुधबार तीन नयाँ मन्त्री थपसँगै रक्षा मन्त्रालयको जिम्मेवारी पनि आफैले लगेका छन् । रक्षामन्त्री इश्वर पोखरेललाई विना विभागीय मन्त्री बनाइएको छ । उनको कार्यविभाजन मन्त्रिपरिषद कार्यालय तोकिएको छ ।

ओलीले पार्टीका महासचिव विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् भने कृष्णगोपाल श्रेष्ठ सहरी विकास र  लिलानाथ श्रेष्ठ महिला बालबालिका मन्त्रीमा नियुक्त गरेका छन् । यसअघि महिला बालबालिका मन्त्री रहेका पार्वत गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

अन्य मन्त्रीहरुमा भने यसअघिकै यथावत राखिएको छ । नवनियुक्त मन्त्रीलाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम अर्थमन्त्रीमा नियुक्त गरेकी छन् । उनीहरुको विहीबार सपथ खुवाउने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले मन्त्री नियुक्तिमा एकलौटी गरेको आरोप पार्टीभित्रैबाट लागेको छ । अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीमा छलफल नगरेरै आफू खुशी मन्त्री नियुक्त गरेको बताएका छन् ।

यसअघि पार्टी विवाद समाधान कार्यदलले तयार पारेको कार्यदलको सुझावलाई प्रधानमन्त्री ओलीले पूरै वेवास्ता गरेको प्रचण्ड र नेपाल समूहले आरोप लगाएको छ । नयाँ मन्त्री नियुक्त मापदण्ड बनाएर गर्ने भनिएपनि ओलीले आफ्नै गुटका तीन नेतालाई मात्रै नियुक्त गरेपछि (नेकपा) भित्रको विवाद फेरि चुलिने एक नेताले बताए ।

मन्त्रिमण्डल पुर्नगठनबारे वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाललाई सामान्य पनि जानकारी नदिइएको बताइएको छ । बालुवाटार जग्गा विवादमा मुछिएका पौडेललाई अर्थमन्त्री बनाएपछि पार्टीभित्र र बाहिर प्रधानमन्त्री ओलीको विरोध भइरहेको छ ।

मन्त्रिमण्डल पुनर्गठन र महत्वपूर्ण राजनीतिक नियुक्तीमा पार्टीको निर्णय वा परामर्शमा गर्न ओली तयार भएपछि (नेकपा) भित्रको विवाद समाधान भएको थियो । तर स्थायी समितिले गठन गरेको कार्यदलको सुझाव र पार्टीमा भएको सहमति ल्याउँदै प्रधानमन्त्री ओलीले फेरि आफू खुशी गरेको भन्दै विरोध भएको छ । यसअघि राजदूत नियक्तिलाई लिएर असन्तुष्ट प्रचण्ड र नेपाल समूह थप चिढिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal