 
	
काठमानडौँ । नेपालमा कोरोना बढ्न थालेपछि दशैतिहारको मुखैमा पनि फेरी हुन थाले कतै लकडाउन त कतै शिल भईरहेको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस अझै नियन्त्रण हुन सकेको छैन् । नेपालमा त झन पछिल्लो समय प्रतिदिन गुणाङ्कको हिसाबले कोरोना संक्रमण फैलिरहेको छ ।
यसैबिचमा कार्यालयका केहि कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि बाँकेको कोहलपुर नगरपालिकाको सेवा बन्द गरिएको छ। नगरपालिकाको १५ वटै वडा कार्यालय, विषयगत शाखा कार्यालयहरूका सेवा पनि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले जानकारी दिए।
उक्त नगरपालिकाले आज एक सूचना जारी गर्दै संक्रमण बढ्दै गएको र कर्मचारीमासमेत कोरोना देखिएकोले सेवाग्राहीको स्वास्थ्यलाई ख्याल राख्दै आजदेखि ६ कात्तिकसम्मलाई अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जनाएको छ।
यसैबिच बैतडीको पाटन नगरपालिकाले लकडाउनमा गर्ने भएको नगरपालिकाका उपप्रमुख सरस्वती कोलीको अध्यक्षतामा बुधबार बसेको आकस्मिक सर्बपक्षिय बैठकले लकडाउन प्रभावकारि बनाउने निर्णय गरेको हो ।
चाडपर्वको समयमा कोरोनाले भयावह रुप लिनसक्ने भन्दै यसबाट बच्ने उपाय अपनाउन सचेत गराउने उनले बताए । बजारमा भिडभाड कमगर्न नगरपालिका क्षेत्रभित्र भोलिदेखि बजार ब्यबसाय, होटेल, कार्यालय, संघसस्था, तालिम, गोष्ठी तथा सभा सम्मेलन र आवतजावत ५ दिन सम्म पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको गरिएको छ । यस्तै बैकं तथा बित्तिय संस्थाहरु कार्तिक १ देखि ३ दिनसम्मका लागि बन्द गर्ने निर्णय गरिएको नगरपािलकाले जनाएको छ ।
त्यस्तै नेपाल पर्यटन बोर्डमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि ४ दिनका लागि काम कारबाहीहरु बन्द गरिएको छ । ट्रेकिङ प्रमिट बाहेकका सेवाहरु बन्द गरिएको बोर्डका निर्देशक सन्तोष पन्तले जानकारी दिए ।
साथै कार्यालयको निर्मलीकरण तथा कोरोना परीक्षण गर्नका लागि अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयभित्र कुनै किसिमको भेटघाट तथा कार्यक्रम नगर्ने नगराउने समेत उनले बताए ।
काठमाडौंको कोरोना नियन्त्रण र रोकथामका लागि कडा खालको लकडाउन र काठमाडौं उपत्यका प्रवेश गर्ने नाका पूर्णरूपमा सील गर्नुपर्ने सांसदहरूले सुझाएईरहेका छन् । सोमबार भर्खरै कोरोना जितेर निस्किएका नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठले अब सरकारले फेरि कडा खालको लक डाउन गर्नुपर्ने सुझाव दिएका छन् । अहिले लकडाउन गर्नु उपयुक्त समय भएको उनको भनाइ छ ।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          




