काठमाडौं । प्रभु मनि ट्रान्सफरले आफ्ना सन्तुष्ट ग्राहकहरुलाई मध्यनजर गर्दै यस बर्ष नेपालीहरुको महान चाडमा प्रभुले कोरोनालाई मध्यनजर गर्दै “सुरक्षित मनाऔ महान पर्व, प्रभुको उपहार संग” नामक स्किम योजना ल्याएको छ ।
यस योजना अन्र्तगत विदेशबाट नेपालमा रकम पठाउने तथा प्राप्त गर्ने दुवै लाभान्वित हुनेछन् । यस स्किममा ग्राहकले हरेक हप्ता ३२ इन्चको टिभी सहित प्रभु टिभी सेटटप बक्स पाउनेछन्, ।
त्यस्तै साथमा प्रभु क्यापिटलमा प्रभ’ बैंकको डि—म्याट तथा मेरो सेयरको खाता खोल्दा ५०% छुट, प्रभु पे मार्फत मोबाईल वालेटमा रु ३० बराबरको टपअप र प्रभु डिजिटलबाट नेट र टिभीको बर्षिक प्याकेज लिने ग्राहकले २ महिनाको अतिरिक्त बोनस प्राप्त गर्न सक्नेछन् । यो योजना अक्टोबर १५ देखि नोभेम्बर २० सम्म लागु हुने प्रभु मनि ट्रान्सफरले बताएकाे ६ ।
देश तथा विदेशमा रहि कमाएको मेहनतको कमाई प्रभु मनि ट्रान्सफरले सुरक्षित आफ्ना ग्राहकलाई आफ्नै परिवार समक्ष सुरक्षित तरिकाले प्राप्त गराउदै आएको छ । विश्वव्यापी कोरोना महामारिका बिचमा पनि प्रभु बैँक्ले यस्तो उपहार ल्याएको हो ।