आज :

गौतमको मुद्दा दशैं पछि धकेलियो, आजपनि पेसी तोकिएन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमकाबिरुद्धमा परेको मुद्दाको सुनुवाई दशैं पछि धकेलिएको छ । आज पनि संवैधानिक इजलासको पेसीमा चढ्न नसकेसँगै मुद्दा दशैंपछि जाने निश्चित भएको छ । आज सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.ले सुष्मलत्ता माथेमा, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसी गरी तीन वटा इजलासमा मात्र पेसी तोकेका छन् ।

राजनैतिक चलखेलका कारण पेसी नतोकिएको विपक्षीको दाबी छ । अब असोज ३० गते शुक्रबारबाट कात्तिक १५ गतेसम्म अदालत बन्द हुने भएकोले संवैधानिक इजलास तोकिने सम्भावना नै छैन । अब गौतमको मुद्दा कात्तिक १७ गते वा त्यो भन्दा पछि मात्रै पेसीमा चढ्ने सम्भावना रहेको छ ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीलाई कोरोना सक्रमण देखिएपछि हेर्दाहेर्दैमा रहेको गौतमको मुद्दा पेसी सूचीबाट हटाइएको थियो । गौतमको मुद्दा हेर्नका लागि प्रधान न्यायाधीश ज.ब.रा.ले असोज १४ गते आफ्नै नेतृत्वमा दीपककुमार कार्की, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र विश्वम्भरप्रसाद श्रेष्ठसहितको संवैधाननिक इजलास गठन गरेका थिए ।

संवैधानिक इजलासका एक सदस्य ईश्वर खतिवडा ‘आइसोलेशन’ मा बसेको कारण देखाउँदै गौतमको मुद्दा पेसीबाट हटाइएको थियो । तर, आज उनै खतिवडाको नेतृत्वमा संयुक्त इजलास तोकिएको छ ।

मुद्दाको पेसी तोक्नेबारे प्रधान न्यायाधीश ज.ब.रा. ले छलफल पनि नगरेको र कोरोना संक्रमणलाई देखाउँदै आफू सरकारी निवास बालुवाटारबाट सर्वोच्च अदालत नआएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal