आज :

कर्णालीका मुख्यमन्त्रीले दिए चक्माः यामलालले जिल खाए, गुलावजंग ‘बलिको बोका’

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ता संकटकलाई टारेका छन् । पार्टीभित्रको एउटा समूहले अविश्वास प्रस्तावबाट पछि हटेसँगै सत्ता संकट टरेको हो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समूह एक भएका छन् । कर्णालीमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली समूह एक्लिएको छ । ओली समूहका नेता तथा सांसद यामलाल कँडेलको अगुवाईमा १८ जना सांसहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएसँगै विवाद चरम उत्कर्षमा पुगेको थियो ।

संसदीय दलका नेता महेन्द्रबहादुर शाहीसँग मंगलबार भएको छलफलमा नेता नेपाल ‍समूह पछि हट्न समहत भएको छ । त्यसको लागि मन्त्रिमण्डल पुर्नगठन गर्ने सहमति पनि भएको छ । सहमतिअनुसार नेपाल समूहले तीन मन्त्री र संसदीय दलको सचेतक पद पाउने भएका छन् । यो सहम‍तिसँगै मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेपाल समूहका ७ सांसदले आफ्नो समर्थन फिर्ता लिनेछन् । स्रोतका अनुसार एक मन्त्रालय खाली छ र पुर्नगठनमा ओली समूहका दुई  मन्त्रीलाई हटा‍इने भएको छ ।

मुख्यमन्त्री शाहीविरुद्ध सुरुदेखि नै हात धोएर लागिपरेका ओली समूहका नेता यामलाल कँडेल फेरि पनि असफल भएका छन् । मुख्यमन्त्री बन्ने कँडेलको रहर पूरा गर्न लागिपरेका गुलाफजंग शाहको प्रमुख सचेतक पद खुस्किएको छ । अविश्वास प्रस्ताव दर्ता भएपछि आजको लागि सं‍सदीय दलको बैठक बोलाएपछि उनलाई पदमुक्त गर‍िएको हो । मुख्यमन्त्री तथा दलका नेता शाहीले पदमुक्त गरेको घोषणा गरेका थिए ।

(नेकपा) एक नेताले सरकारले ढाल्ने कँडेलको योजना असफल भएको छ र उनको स्वार्थको लागि ‍गुलावजंग बलिको बोका भएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal