आज :

कर्णालीमा लफडाः कँडेलको रहर पूरा गर्न लाग्दा गुलाफजंगको पद गयो, नयाँ प्रमुख सचेतक नेपाली नियुक्त

सुर्खेत । कर्णाली प्रदेशमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको किचलो सत्ता संघर्षमा पुगेको छ । आफ्नै पार्टीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै विवादले नयाँ रुप लिएको छ ।

(नेकपा) संसदीय दलका प्रमुख सचेतक गुलाफजंग शाहलाई पदमुक्त गरिएको छ । मुख्यमन्त्री तथा संसदीय दलका शाहीले प्रमुख सचेतकबाट शाहलाई हटाएर सीता नेपालीलाई नियुक्त गरेका छन् । दलको नेताको हैसियतले शाहीले सोमबार पदमुक्त गरेका हुन् ।

दलको प्रमुख सचेतक भएर पनि आफ्नै सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन भूमिका खेलेकै कारण उनलाई पदमुक्त गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । दलका नेता तथा मुख्यमन्त्री शाहीले सोमबार शाहलाई हटाएर पूर्वमाओवादी नेतृ तथा सचेतक सीता नेपालीलाई प्रमुख सचेतमा नियुक्त गरेका छन् ।

कुल ४० जना सांसद रहेको कर्णाली प्रदेशमा पूर्वएमालेका २० जना र पूर्वमाओवादीका १३ जना सांसद रहेका छन् । जसमध्ये १८ जना सांसदहरुले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

यो अविश्वास प्रस्तावको मुख्य डिजाइनर हुन् यामलाल कँडेल । सुर्खेत क्षेत्र नम्बर २ ख बाट निर्वाचित कँडेल मुख्यमन्त्रीका दाबेदार थिए । पार्टीले शाहीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेदेखि नै कँडेलले विरोध गर्दै आएका थिए । यो भन्दा पहिले पनि पटकपटक सरकार ढाल्ने प्रयास समेत कँडेलले गरेका थिए । कँडेलले विपक्षी दलहरुलाई पछि पार्दै सरकारविरुद्ध बोल्दै आएका थिए ।

मुख्यमन्त्री हुने कँडेलको सपना पूरा होला नहोला तर प्रमुख सचेतकबाट शाह भने पदमुक्त भएका छन् । अब उनको इन्ट्री हुन गारो छ । मुख्यमन्त्री शाहीले नेपालीलाई प्रमुख सचेतक बनाएसँगै अविश्वास प्रस्ताव अगाडि नबड्ने निश्चित भएको छ । कँडेलको रहर मेटाउन लाग्दा शाहले बल्लबल्ल पाएको प्रमुख सचेतक नै गुमेको छ । तर केही कानुनविदहरुले प्रमुख सचेतकको हैसियतबाट बैठक बोलाइसकेकोले पछि गरिएको कारवाहीले वैधानिकता नपाउने बताएका छन् । शााहले बोलाइएको बैठक नयाँ प्रमुख सचेतकले स्थगित गर्न सक्ने आधार पनि रहेका छन् । मुख्यमन्त्रीमाथिको अविश्वास प्रस्ताव पास होला नहोला तर शाहको पद भने गएको छ ।

कर्णाली प्रदेशको विवादले केन्द्र तरंग ल्याएको छ । आजै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच छलफल भएको छ । स्रोतका अनुसार प्रचण्डले अविश्वास फिर्ता नलिए पार्टीमा ठूलो बिग्रह आउने चेतावनी दिएका छन् । यसबारे आफूलाई जानकारी नभएको बताएर ओली पन्छिएको स्रोतको दाबी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal