आज :

फेरि लकडाउन गर्ने मनस्थितिमा सरकार, यसो भन्छन् प्रवक्ता ज्ञवाली

काठमाडौं । सरकार पुनः लडाउन गर्ने मनस्थितिमा पुगेको छ । केही दिन पहिले मात्रै देशव्यापी लकडाउन नगर्ने बताउँदै आएका सरकार प्रवक्ताले बोली फेरेसँगै पुनः लकडाउन हुने सम्भावना बढेको छ ।

परराष्ट्रमन्त्री समेत रहेका प्रवक्ता प्रदीप ज्ञवालीले नागरिक संवेदनशील नभए लकडाउन गर्न सरकार बाध्य हुने बताएका छन्उ । आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै ज्ञवालीले अहिलेको अवस्थामा लकडाउन र निषेधाज्ञा सरकारको प्राथमिकतामा नरहेपनि नागरिक संवेदनशील नभए लकडाउन गर्न बाध्य हुने बताए । मन्त्री ज्ञवालीले लकडाउन गर्ने/नगर्ने कुरा सरकारी आग्रह र अपिलहरु नागरिकले कति पालना गरिरहेका छन भन्ने कुरामा भर पर्ने समेत बताए ।

उपत्यकामा ६० प्रतिशत बढी संक्रमित देखा पर्न थालेको भन्दै मन्त्री ज्ञवालीले नागरिकलाई सचेतना अपनाउन अपिल पनि गरे । उनले संक्रमणको अवस्था जटिल बन्न नदिन सचेत भएर सरकारलाई साथ दिन पनि आग्रह गरे । उनले दशै, तिहार र छठजस्ता चाडपर्वहरुमा भीडभाड हुने र संक्रमण झन बढ्ने खतरा हुने बताए ।

राजनीतिक र सामाजिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेको काठमाडौं महामारी विरुद्धको लडाइँमा पछाडी परेको भन्दै ज्ञवालीले विगतमा हट स्पट भएका ठाउँमा जनप्रतिनिधिहरुले कोरोना नियन्त्रणमा लिन गरेको असल अभ्यासहरु काठमाडौंमा लागु गर्न जरुरी रहेको बताए ।

मन्त्री परिषद्का निर्णय सार्वजनिक गर्दै ज्ञवालीले सरकारले तयारी मदिराको पैठारीमा लगाएको पूर्ण बन्देज हटाएको जानकारी दिए । असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकले तयारी मदिरा पैठारीमा लगाएको पूर्ण बन्देज हटाएको हो ।

वि.स.२०७६ चैत २४ गते राजपत्रमा सूचना प्रकाशित गरी तयारी मदिराको पैठारीमा रोक लगाइएको थियो । यस्तै ५० हजार डलर बढी मूल्यको सवारी साधन आयात पनि फुकुवा गर्ने निर्णय सरकारले गरेको छ । कुटनीतिक नियोगलाई कठिनाइ परेकोले फुकुवा गरिएको ज्ञवालीले बताए ।

योसँगै विदेशी कुटनीतिक नियोग, कुटनीतिक सुविधा प्राप्त संघ संस्था र विदेशी कर्मचारीले नीजि प्रयोगका लागि बढी मूल्यका सवारी आयात गर्ने बाटो सरकारले खुला गरेको  हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal