आज :

डा. केसीसँग मध्यरात ८ बुँदे सहमति, जुम्लामा एमबीबीएस पढाई हुने

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच राति अविर सहमति भएको छ । शुक्रबार तर्केको सरकार शनिबार राति वार्तामा बस्न तयार भएको थियो । सरकारी वार्ता टोली संयोजक गोपी मैनाली र अनसनरत डा. केसीबीच ८बुँदे सहमतिमा हस्ताक्षर भएको छ ।

सरकार र डा.केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । अन्यत्र २०८० फागुन १० भित्र पढाई सुरु गर्ने सहमतिमा उल्लेख छ ।

यस्तै विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम् वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमति भएको छ ।

यस्तै चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा. केसीबीच २०७५ साउन १०लाई पनि राख्ने सहमतिमा उल्लेख छ ।

अछामस्थित बयलपाटा अस्पताललाई सरकारी बजेटको व्यवस्था गर्नेलगायतका सहमति भएका छन् । तर कार्यान्वयन हुन्छ वा हुँदैन हेर्न बाँकी छ । सरकारीसँग सहमति भएसँगै डा. केसीले अहिले ९ बजे अनसन तोड्ने तयारी गरेका छन् ।

यस्ता छन् सहमतिका बुँदा

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal