आज :

काँग्रेस केन्द्रीय समिति बैठक स्थगित, वरिष्ठ नेता रामचन्द्र पौडेल आइसोलेसनमा

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ । भोलिको लागि बोलाइएको केन्द्रीय समिति बैठक अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको हो ।

पार्टीका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईं (खनुपरुदे) निधनमा आइतबार पार्टी कार्यालय बन्द गरिने भएकाले बैठक स्थगित गरिएको हो । काँग्रेसमा पार्टीका पूर्वपदाधिकारीको निधन हुँदा एक दिन पार्टीको केन्द्रीय तथा जिल्ला कार्यालय बन्द र तीन दिन झण्डा झुकाउने चलन छ ।

प्रसाईँको निधन शुक्रबार भएपनि शुक्रबार अफिस बन्द नगरिएकोले आइतबार केन्द्रीय कार्यालय र जिल्ला कार्यालय बन्द गरिने काँग्रेसले जनाएको छ ।
पार्टीका नेताहरुमा कोरोना संक्रमण पुष्टि भएसँगै बैठक स्थगित गरिएको थियो ।

यसैबीच घरमा काम गर्ने एकजनामा कोरोना पोजेटिभ देखिएपछि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल होम आइसोलेसनमा बसेका छन् । यसअघि असोज १९ गतेलाई निर्धारित बैठक केन्द्रीय सदस्य अर्जननरसिंह केसी र गगनथापासहित आमन्त्रित केन्द्रीय सदस्य कल्पना चौधरी र शम्भुलाल श्रेष्ठलाई कोरोना देखिएपछि स्थगित गरिएको थियो ।

महाधिवेशनको कार्यतालिका, भ्रातृ संस्थाहरूको अवधि बढाउने निर्णय अनुमोदन र तत्कालीन राप्रपाका नेता सुनिलबहादुर थापासहित काँग्रेस प्रवेश गर्ने नेताहरूको व्यवस्थापन, संसदको विशेष अधिवेशन माग, सरकारविरुद्ध आन्दोलनको तयारीलगतयका विषयमा छलफल गर्ने काँग्रेसले बैठक बोलाइएको थियो ।

उक्त विषयहरु सहमतिका साथ केन्द्रीय समितिमा एजेण्डागत रुपमा प्रस्तुत गर्ने सभापति शेरबहादुर देउवाले संस्थापन इतर पक्षसँग छलफल गरिरहेका बेला नेताहरुमा कोरोना देखिएपछि त्यो पनि रोकिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal