आज :

सभामुख र मन्त्री केसीलाई कोरोना, सांसददेखि कर्मचारीसम्म त्रास

बुटवल । लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती मगर र आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएपछि सांसददेखि कर्मचारीमा मनोवैज्ञानिक त्रास फैलिएको छ । भरखरै प्रदेश राजधानी र नाम पास गर्न संसद बैठक बसेको बेला सभामुख घर्ती र मन्त्री केसीले कर्मचारी तथा सांसदहरुसँग पटकपटक छलफलमा सहभागी भएका थिए ।

शुक्रबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा सभामुख घर्तीमा संक्रमण पुष्टि भएको थियो । उनलाई ज्वरो आएपछि बिहीबार पीसीआर परीक्षणका लागि स्वाब दिएको थियो । आजै मन्त्री केसीलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनिहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको पीसीआर परिक्षणको तयारी भइरहेको छ ।

कोरोना संक्रमण पुष्टि भएसँगै सभामुख घर्ती बुटवल रामनगरस्थित सरकारी निवासमै आइसोलेसनमा बसेका छन् । सभामुख घर्तीले आफ्नो सम्पर्कमा आएका सबैलाई आइसोलेसनमा बस्न र परीक्षण गरी सुरक्षित हुन आग्रह गरेका प्रेस संयोजक गणेश ओलीले संचारमाध्यमलाई बताएका छन् ।

त्यसैगरी मन्त्री केसी पनि सरकारी निवासमै आइसोलेसनमा बसेका छन् । यस्तै संसदीय मामिला पत्रकार समाज प्रदेश ५ का सचिव सीपी खनालसहित तीनजना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बुटवलमा ३२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै बुटवलमा सक्रिय संक्रमितको संख्या  ५९० जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या लाख नाघेको हो । त्यस्तै हिजो काठमाडौं उपत्यकामा १ हजार ४ सय ९ जनासहित नयाँ संक्रमति थपिएका थिए ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा काठमाडौं १११६, भक्तपुर १३० ललितपुर १६३ नयाँ संक्रमित थपिएको जानकारी दिए ।

शुक्रबार एकैदिन २ हजार ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक लाख नाघेको छ । मन्त्रालयका प्रवक्ता गौतमले संक्रमितको संख्या १ लाख ६७६ पुगेको छ ।  जसमा सक्रिय संक्रमित २७ हजार ५३ पुगेका छन् । उनीहरुमध्ये आइसोलेशनमा ११ हजार १७६ जना र होम आइसोलेशनमा १५ हजार ८७७ जना रहेका छन् ।

शुक्रबार थप १ हजार ६ सय ८० जना कोरोना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना ७३ हजार २३ पुगेको छ ।

त्यसैगरी कोरोना संक्रमणबाट आज थप १० जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ सय पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal