आज :

गण्डकी मेडिकल कलेजमा प्रभु बैंकको काउण्टर सञ्चालन

काठमाडौँ । पोखरास्थित गण्डकी मेडिकल कलेजमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर संचालनमा आएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नं. ०९ मा रहेको कलेजमा बुधबारबाट बैंकले काउण्टर सञ्चालनमा ल्याएको हो ।

बुधबार विहान मेडिकल कलेज प्राध्यापक प्रो. डा. रबिन्द« श्रेष्ठले काउण्टरको समुद्घाटन गरेका थिए । उक्त काउन्टरबाट विहान ८ बजेदेखि साँझ ७ बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने सम्पूर्ण सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुने बैंकले जनाएको छ । सेवाग्राहीले बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्न पाउने भएका छन् ।

एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात् मेडिकल कलेजको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणालीमार्फत भएर प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ । साथै, समाजसेवी भावनाले सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिएको यस बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीहरुको सेवामा समेत उल्लेख्य योगदान पु¥याउने प्रण गरेको छ ।

प्रभु बैंकले २०८ वटा शाखा कार्यालय, १९२ वटा ATM, ५३ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal