काठमाडौं । प्रदेश ५ को र स्थायी राजधानी भालुवाङ रहने भएको छ । आज संसदमा पेस भएको प्रस्ताव प्रदेशसभामा दुई तिहाई मतले पास गरेको छ ।
राजधानी भालुवाङमा राख्ने प्रस्तावको पक्षमा ६९ मत परेको छ भे विपक्षमा १३ मत मात्रै परेको छ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसदहरुले पार्टीको ह्वीपको उलंघन गरेका छन् ।
सोमबार दिउँसो काँग्रेस सांसदहरुले भालुवाङमा प्रदेश राजधानी राख्ने प्रस्तावको विरोध गरेका थिए । सो क्रममा सांसदहरुले तोडफोड समेत गरका थिए ।
नेपाली काँग्रेसले प्रस्तावको विपक्षमा मत हाल्न ह्वीप जारी राखेको थियो तर केही सांसदहरुले उलंघन गरेका छन् ।