आज :

(नेकपा)को सचिवालय बैठक आज बस्दै, नयाँ मन्त्री बनाउनेबारे छलफल हुने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवलाय बैठक आज बस्दैछ । दुई पटक स्थगित भएको बैठक आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

राजदूत नियुक्त पछि दुबै अध्यक्षबीच मनमुटाबका कारण बैठक सर्दै आएको थियो । सोमबार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच ‍बैठकलगायतका विषयमा छलफल भएको थियो । छलफलबीच आज ४ बजे बैठक बस्ने सहमति भएको थियो ।

बैठकमा मन्त्रिमण्डल पुनर्गठन र सरकारले गरेको पछिल्लो रानीतिक नियुक्तिका विषयमा छलफल हुने जनाइएको छ। त्यस्तै पार्टी एकता प्रक्रियाका बाँकी कामबारे पनि छलफल हुने बताइएको छ ।

सरकारले गत बिहिबार मुख्यसचिव नियुक्ति र विभिन्न ३ देशमा राजदुत सिफारिस गरेपछि अध्यक्ष दाहाल र उहाँ निकट नेताहरु असन्तुष्ट देखिएका छन् ।

सचिवालय बैठक शनिवार नै बोलाइएको भएपनि आवश्यक तयारी नपुगेको भन्दै आइतबारका लागि सारिएको थियो । प्रधानमन्त्रीका ४ जना सल्लाहकारसहित सुरक्षा दलका सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal