आज :

कलाकार प्रदिप र कृष्टिना प्रभु बैंकको ब्राण्ड एम्बास्डर नियुक्त

काठमाडौँ । प्रभु बैंक लिमिटेडले दुई जना चर्चित कलाकारलाई ब्राण्ड एम्बास्डर नियुक्त गरेको छ । नेपाली सिनेमा क्षेत्रका चर्चित अभिनेता प्रदिप खडका र अभिनेतृ कृष्टिना गुरुङ्गलाई प्रभु बैंक लिमिटेडले एक वर्षका लागि आप्mनो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको हो ।

प्रभु बैंक लि. का प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधानकार्यालयमा आयोजित एक कार्यक्रममा नियुक्त गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त हस्ताक्षर कार्यक्रममा कलाकारद्वय खड्का र गुरुङ्ग अभिनित प्रभु बैंक लि.को विज्ञापन सार्वजनिक गरिएको थियो ।

नेपाली सिनेमा जगतका ख्याति प्राप्त कलाकार ब्राण्ड एम्बास्डर नियुक्त हुनुभएपपछि सर्वसाधारणमा प्रभु बैंकप्रतिको विश्वसनीयतामा बृद्धि हुने विश्वास लिएको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेलले जानकारी दिए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal