आज :

काठमान्डौँ उपत्यकामा थप १५३१ संक्रमण पुष्टि, अरु विवरण के छ ?

काठमाडौँ । काठमाडौँ उपत्यकामा एकैदिन १ हजार ५३१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४८४ महिला र ६९४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तैगरी भक्तपुरमा ४९ महिला र ५४ पुरुषसहित १०३ संक्रमित थपिएका छन् । अर्को जिल्ला ललितपुरमा ११४ महिला र १३६ पुरुषसहित २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २४ सय बढिमा कोरोना भाइरस संक्रमण देखिएको छ।
आज एकैदिन २४४० जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छन् । आजको सहित नेपालमा हाल सम्म ८९ हजार २६३ जनाका संक्रमण भईसेको छ ।

पछिल्लो २४ घण्टामा १९ जनाको ज्यान गयो, १९ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेश बिफिङमा बोल्दै मन्त्रालयको प्रबक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको १९ जना सहित हाल सम्म ५५४ जनाको ज्यान गएको बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ सय ३३ जना संक्रमण मुक्त भएको छ । आजको सहित हाल सम्म ६५ हजार २०२ जना कोरोना जितेर घर फर्केको छन् । आज २३ हजार ५०७ जना आईसोलेसन्मा उपचाररत रहेको छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल ४०३३ जना करेन्टाईनमा रहेको छन् । देशभर १० लाख ८८ हजार २२९ जना को पिशियार परिक्षण भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal