आज :

डा.गोविन्द के.सी.का माग पूरा गर–देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल

काठमाडौँ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल केन्द्रिय समितीले डा. गोविन्द के.सी.का माग पूरा गर गर्नु अनुरोध गरेको छ ।

सोमबार जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सी.पी. गजुरेलले एक बिज्ञप्ति जारी गदै डा. गोविन्द के.सी.को
जीवन रक्षा गर्न सरकारसँग जोडदार माग गरेको छ ।

अध्यक्ष गजुरेलद्धारा जारी बिज्ञप्तिमा भनिएको छ “उहाँको स्वास्थस्थिति नाजुक बनेको कुरा उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

मूलतः विगतका अनसनका दौरान वार्ताहरुमा भएका सहमतिहरुलाई नै कार्यान्वयन गर्ने मागहरु भएको हुनाले अविलम्ब वार्ता समिति बनाई उपयुक्त मागहरु पूरा गरी उहाँको जीवन रक्षा गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं । डा. गोविन्द के.सी.को जीवनमा खेलवाड गर्ने काम नहोस् ! हामी यो सरकारलाई चेतावनी पनि दिन चाहन्छौं ।”

त्यस्तै बिज्ञप्तिमा अगाडि भनेको छ “ नेपालमा शिक्षा र स्वास्थ क्षेत्रमा भइरहेका विकृति र विसंगतिको विरोध र यस स्थितिमा सुधार गर्ने उद्देश्यका साथ लामो समयदेखि सक्रिय रहनुभएका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द के.सी.को १९ औं अनसन आज २२ औं दिनमा प्रवेश गरेको छ ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal