आज :

आइसीयुमा उपचाररत बिरामीकाे हाम फालेर ज्यान गयो, अस्पतालले लापरवाही गरेकाे आफन्तले लागाए आराेप

काठमाडौंँ । विराटनगरको विराट नर्सिङ होमको अस्पतालमा बिरामीले हाम फाल्दा ज्यान गएको छ । उनि मिक्लाजुङ गाउँपालिका वडा ७ मा भाडामा बस्ने ५३ वर्षे अमृत गजमेरको भएको विराट नर्सिङ होम प्रशासनले जनाएको छ । उनि असोज १७ बाट अस्पतालको आइसीयुमा उपचाररत थिईन् ।

उनले बिहान पौने ६ तिर अस्पतालको आइसीयुबाट हाम्फालेको हुन् । त्यसपछि उनलाई तत्काल अस्पतालको इमर्जेन्सी वार्डमा उपचार गराइएको तर नि उनलाई बचाउन नसकिएको प्रशासनका कर्मचारी पदम विनाडीले बताएको छ ।

यता गजमेरका आफन्तले भने अस्पतालको लापरवाहीले ज्यान गएको आरोप लगाएको छ।
आफन्तको अनुसार आइसीयूमा उपचाररत गजमेरले आफूलाई गर्मी भयो भनी नर्ससँग बाहिर निस्कने अनुमति मागेर दौड्दै दोस्रो तल्लाको झ्यालबाट फाल हानेको अस्पताल प्रशासनले जनाएको छ।

तर के कारणले बिरामीले हाम्फालेको भन्ने विषयमा खुल्न नसकेको बताइएको छ। निमोनियाका बिरामी उनी अस्पतालमा उपचाररत थिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal