आज :

संचार गृहले पत्रकारलाई गरेको शोषणलाई टुलुटुलु हेरेर बस्न सक्दैनौंः अध्यक्ष गैरे 

काठमाडौं । पत्रकार विद्यार्थी संगठन नेपालका अध्यक्ष मुक्ति गैरेले संचार गृहले पत्रकार र कर्मचारीमाथि गरेको शोषणलाई टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् । कोरोना महामारीको बहाना पत्रकार र कर्मचारीलाई मिडिया मालिकले निस्कासन गर्ने, तलव नदिनेजस्ता कार्यको विरुद्धमा जारी संघर्षमा अध्यक्ष गैरेले संगठनको तर्फबाट एक्येवद्धता समेत जनाएका छन् ।

‍पीडित पत्रकार तथा कर्मचारीले विभिन्न माग राखेर पाँच दिने रिले अनसनसहित चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका छन् । पाँच दिने रिले अनसन आज सकिँदैछ । रिले अनसनप्रति एक्येवद्धता अध्यक्ष गैरेले पीडित श्रमजीवी पत्रकार विद्यार्थीहरूका पक्षमा आवाज उठाउन संगठनको स्थापना गरिएको बताएका छन् ।

विज्ञप्तिमा मिडियाले मिडियाकर्मी माथि शोषणलगायतका विभिन्न समस्याको समाधानका लागि मिडियाका मालिकहरूले तुरुन्तै सम्बोधन गर्न र यसमा सम्बन्धित सबैलाई ध्यानाकर्षण समेत गराईएकाे छ ।

”संचार–गृहका पीडित पत्रकार-कर्मचारी संयुक्त संघर्ष समितिद्वारा पेशागत पारिश्रमिक तलव, निष्कासन र विभिन्न समस्याका विरुद्धमा भएको विभिन्न कार्यक्रम, अहिले भईरहेको ‘पाँच दिने रिले अनसन’ र अब हुने सम्पूर्ण कार्यक्रमहरूमा पूर्ण ऐक्यबद्धता जनाउँदै समर्थन गर्दछौं” अध्यक्ष गैरेले विज्ञप्तिमा भनेका छन् । साथै अहिले कोभिड–१९ को बहानामा र विगतदेखि गरिँदै आएको मिडियाकर्मि तथा सिकारु विद्यार्थी मिडियाकर्मीमाथि गरिने शोषणका बिरुद्धमा संगठनले आवाज उठाउदै न्यायका लागि संघर्ष गर्ने समेत बताइएको छ ।

अध्यक्ष गैरेले मिडियाले मिडियाकर्मीमाथि शोषण गर्नु कत्तिको जायज‍ नभएको भन्दै तुरुन्त मागहरु पूरा गर्न आग्रह समेत गरेका छन् । उनले मिडियामा मालिकहरुले ‍श्रमजीविका माग पूरा नगरे आफूहरु टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal