आज :

५ नम्बर प्रदेशको राजधानी विवादः मुख्यमन्त्री पोखरेलका गाडीमाथि ढुंगा प्रहार, प्रहरीले गर्यो फायरिङ

बुटवल । प्रदेश नम्बर ५ राजधानीको विषयलाई लिएर उत्पन्न विवादले हिंसात्मक रुप लिँदै गएको छ । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शन भइरहेको छ । भालुवाङ स्थायी राजधानी राख्ने निर्णयविरुद्ध बुटवलमा राजधानी दलका नेता कार्यकर्ताको साथै स्थानीयले विरोध जारी राखेका छन् ।

आइतबार बेलुका काठमाडौंबाट बुटवल पुगेका मुख्यमन्त्री शंकर पोखरेलको गाडीमाथि ढुंगामुडा प्रहार गरिएको छ । भैरहवा विमानस्थल ओर्लेर गाडीमा बुटवल पुगेका पोखरेल सवार गाडीमाथि चौराहा नजिक सिद्धार्थ कटेज अगाडि  ढुंगा प्रहार भएको प्रहरीले बताएको छ । पोखरेलका स्कटिङमा रहेका अन्य दुईवटा गाडीमाथि पनि ढुंगा प्रहार गरिए छ । तीनवटै गाडीमा क्षति पुगेको बताइएको छ ।

प्रदर्शनकारीले ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले हवाई फायरिङ समेत गरेको थियो । प्रहरीले फायरिङ गरेपछि प्रदर्शनकारी तितरवितरण भएका थिए ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले नेपाली काँग्रेसका नेताहरुलाई गिरफ्तार गरेको छ । काँग्रेसका रुपन्देही सचिव रामकृष्ण खाँणका अनुसार कांग्रेस युवा नेता एवं प्रदेशसभा सदस्यका उम्मेदवार विष्णु पोखरेल, नेविसंघका केन्द्रीय उपसभापति मुक्तिराज पौडेल, सञ्चारकर्मी कमला पाण्डेसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसअघि प्रदर्शनकारीले मुख्यमन्त्री पोखरेल भैरहवाबाट बुटवल आउँदै गर्दा कोटीहवा, मणिग्राम र शंकरनगर क्षेत्रमा कालो झण्डा प्रदर्शन गरेका थिए । प्रदेश राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा कांग्रेस रुपन्देहीले जिल्ला बन्द आह्वान गरेको छ । यही बीचमा कडा सुरक्षा  सतर्कताका साथ मुख्यमन्त्री पोखरेल काठमाडौ‍ंबाट आउँदै थिए ।

प्रहरीले स्कटिङ गरेपनि प्रदर्शनकारीले कालोझण्डासँगै ठाउँठाउँमा अवरोध पुर्याएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal