आज :

अजयमेरु गाउँपालिकाको विज्ञप्तिः अध्यक्षको लोकप्रियताबाट आत्तिएकाहरु भ्रम छर्न खोजे

धनगढी । डडेल्धुराको अजयमेरु गाउँपालिका केही व्यक्तिहरुले अध्यक्ष उमेश भट्टको चरित्रह.त्या हुनेगरी सामाजिक संजालमा प्रचार गरिएको भन्दै ध्यानाकर्षण भएको बताएको छ । गाउँपालिकाका प्रवक्ता शिवराज भट्टले आइतबार विज्ञप्ति जारी गरेर महामारीमा अहोरात्र सेवामा खटिरहेकी महिला स्वास्थ्यकर्मीलाई लैंगिक र मानसिक हिंसा हुने गरी सामाजिक संजालमा भ्रमाक तथा तथ्यहिन कुराहरुको प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।

विज्ञप्तिमा गाउँपालिका अध्यक्षको नेतृत्वमा सिंगो जनप्रतिनिधि र कर्मचारी गोलबद्ध भएर जनताको सेवामा खटिएर संघीयताको मर्म अनुरुप विकास तथा जनजीविकाका सवाललाई प्रत्यक्ष अनुभूत हुनेगरी काम भइरहेको बताइएको छ । “अजयमेरु गाउँपालिकाका अध्यक्षको लोकप्रियता देखेर र व्यक्तिगत स्वार्थपूर्ती नर्ग नपाएर अत्तिएकाहरुले सामाजिक संजालमा गाउँपालिकाका अध्यक्षको चरित्रह’त्या हुने गरी गरिएको पोष्ठप्रति गम्भीर ध्यानाकर्षण भएको छ । यस्तो महामारीको समयमा अहोरात्र सेवामा खटिइरहेका महिला स्वास्थ्यकर्मीको चरित्रह’त्या गरी मनोबल घटाउनुको साथै लैंगिक हिंसा हुने खालका गतिविधिबाट मानसिक हिंसा भएको अवस्थामा दृढ आत्मविश्वासका साथ जनताको सेवामा समर्पित रहन सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई सााहस उपलबध् गराउनेको साथै यस्ता अनावश्यक, भ्रमात्मक तथा तथ्यहिन कुराहरुबाट रत्तिभर नहडबडाई उच्च मनोबलका साथ जनताको सेवामा समर्पित रही अजयमेरु सरकरा अघि बढ्ने कुरामा आजयमेरुबासीलाई विश्वस्त गराउन चाहन्छौं” विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, कपोकल्पित पोष्टहरु सामाजिक संजालमा राखि चरित्रह’त्या गर्न खोज्ने र समाजमा भ्रमात्मक खबर फैलाई भाइरल बन्न खोज्ने अराजक व्यक्तिहरुलाई कारवाहीको माग समेत गरिएको छ ।

त्यसैगरी गाउँपालिकाका निं प्रशासकीय अधिकृत गंगाराम सापकोटाले पनि विज्ञप्ति निकालेर उक्त प्रचारको झुटो भएको भन्दै खण्डन गरेका छन् । उनले भ्रममा नपरी सेवामा खटिरहन कर्मचारीलाई अपील समेत गरेका छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal