आज :

पूर्वस्वास्थ्य मन्त्री गगन थापासहित नेपालमा कोरोना संक्रमितको संख्या ६३ हजार पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ६३ हजार पुगेको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिउँसो ६२ हजार ७४० जनामा कोरोना भाइरस संक्रमण भएको जानकारी दिएको थियो ।

शनिबार राति र आइतबार विहानसम्म पुग्दा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणको क्रममा थप संक्रमित भेटिएका छन् । यो संख्या ६३ हजार नाघेको बताइएपनि औपचारिक रुपमा भने पुष्टि हुन बाँकी छ ।

पूर्वस्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीसहित ७० जना नेता-कार्यकर्ता र पार्टी कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै आज बोलाइएको केन्द्रीय समिति बैठक सर्ने भएको छ । बैठक अघि गरिएको कोरोना परीक्षणामा नेतादेखि कर्मचारी संक्रमित भएको पुष्टि भएको थियो ।

बिहीबार कांग्रेसका नेता, केन्द्रीय कार्यालयका कर्मचारी र सुरक्षाकर्मी गरी २७० जनाको कोरोना परीक्षण गरिएको थियो। यीमध्ये अझै केहीको रिपोर्ट आउन बाँकी छ।

नेता थापाले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक रुपमा जानकारी गराएका छन् । थापाले सामाजिक संजाल ट्वीटरमार्फत लेखे-असाेज १५ गते पार्टी कार्यालयमा भएकाे PCR परीक्षणमा मलाई काेभिड संक्रमण देखिएको जानकारी पाएँ।मेरो स्वास्थ्य अवस्था सामान्य छ।अहिले म घरमै आइसोलेसनमा छु।यस बिचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु।

त्यसैगरी काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीब्र भइरहेको छ ।उच्च सतर्कता अपाइने प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमै ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन् ।

शनिबार कुल संक्रमितमध्ये उपत्यकामा मात्रै ११७७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । जसमा काठमाडौंका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जना रहेका छन् ।

त्यसैगरी शनिबार सुनसरीका १२२ जना, मोरङका १११, रुपन्देहीका ९८, कैलालीका ९३, रौतहटका ८२, चितवनका ७५, सुर्खेतका ४३, बाराका २५, कास्कीका २२, सप्तरी र बाँकेका १९/१९ जना, पर्साका १८, काभ्रेका १४, धनुषाका १३, मकवानपुरका १२ तथा तनहुँ र बर्दियाका १०/१० जनामा संक्रमण पुष्टि भएको छ ।

झापा र दैलेखका ९/९ जना, सिराहा, धादिङ, नुवाकोट र नवलपुरका ८/८ जना, उदयपुर र पाल्पाका ७/७ जना, रामेछाप, गोरखा, कपिलवस्तु, नवलपरासी र प्युठानका ६/६ जना, खोटाङ, महोत्तरी, सर्लाही र कञ्चनपुरका ५/५ जना, ओखलढुंगा र दोलखाका ४/४ जना, संखुवासभा र लमजुङका ३/३ जना, स्याङ्जा, अर्घाखाँची, गुल्मी र डडेलधुराका २/२ जना तथा पर्वत, म्याग्दी, बाग्लुङ,रोल्पा, कालीकोछ, दाचुृला, बझाङ र बाजुराका १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal