आज :

प्रधानमन्त्री निवासमै पस्यो कोरोनाः प्रमुख स्वकीय सचिव र तीन सल्लाहकार संक्रमित, ६७ जना सुरक्षाकर्मीमा पनि संक्रमण

काठमाडौं । कोरोना भाइरस प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवासमा प्रवेश गरेको छ । प्रधानमन्त्री ओलीका तीन जना सल्लाहकार  र प्रमुख स्वकीय सचिवलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई संक्रमण भएको हो । प्रधानमन्त्री निवासमा कार्यरत सुरक्षाकर्मीलगायत थुप्रैको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।

प्रेस सल्लाहकार थापाका अनुसार सचिवालयका चार जनामा कोरोना पोजेटिभ देखिएपनि कुनै लक्षण भने छैन । त्यसैगरी प्रधानमन्त्रीको सुरक्षामा खटिएका ६७ सुरक्षाकर्मीलाई पनि संक्रमण पुष्टि भएको छ ।

जसमा नेपाली सेनालका २८, नेपाल प्रहरीका १९, सशस्त्र प्रहरीका १८ जना र राष्ट्रिय अनुसन्धान विभागका दुई जनालाई कोरोना संक्रमण देखिएको बताइएको छ । प्रधानमन्त्रीसँग नियमित सम्पर्कमा रहने सुरक्षाकर्मीको परीक्षण रिपोर्ट आउन बाँकी छ ।

यसअघि प्रधानमन्त्रीका निजी चिकित्सक एवं त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की डीन डा. दिब्यासिंह शाह र प्रधानमन्त्रीको सचिवालयमा रहेका फोटोग्राफर राजन काफ्लेलाई कोरोना संक्रमण देखिएको थियो । प्रधानमन्त्रीसँगै राजेश श्रेष्ठ, दीपेन्द्र दाहाल लगायतको बुधबार स्वाब संकलन गरिएको र बिहीबार नेगेटिभ रिपोर्ट आएको थियो ।

शनिबार थप २ हजार १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो हिजोभन्दा कम भएपनि संक्रमण दर भने कम होइन । शुक्रबार देखिएको छ । यो हिजोको तुलनामा कम हो । हिजो नेपालमा एकैदिन अहिलेसम्मकै २७ सय २२ जनामा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना सम्बन्धि नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २१२० जनामा संक्रमण देखिएको जानकारी गराएको थिए । योसँगै शुक्रबारसम्म नेपालमा ८४ हजार ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी शुक्रबारसम्म कोरोना ज‍ितेर घर फर्किनेको संख्या ६२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ४४ जना संक्रमित निको भएर घर फर्किएका जानकारी दिएका थिए । योसँगै कोरोना जित्नेको संख्या ६२ हजार ७४० पुगेको छ ।

मन्त्रालयका अनुसार त्यसैगरी शुक्रबारसम्म नेपालमा ५२८ जनाको कोरोनाका कारण ज्यान गएको छ । शुक्रबार थप ८ जनाको निधन भएको पुष्टि भएको छ । शुक्रबारसम्म देशभर ४२ सय ४३ जना करेन्टाइनमा रहेको छन् भने २१ हजार ३०२ जना र्आसोलेसनमा रहेको छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal