आज :

उपत्यकामा थप ११७७ संक्रमण पुष्टि, देशभर कति पुगे ?

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ११ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना सम्बन्धि नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा एक ११०० भक्तपुरमा ६७ र ललितपुरमा १०९ जना रहेको बताएको छन् ।

मन्त्रालयका अनुसार उपत्यकाका तिनै जिल्ल पांच सय भन्दा बढि संक्रमित हुने जिल्लाको सुचिमा रहेको छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ८ जनाको निधन भएको छ । यो सहित हाल सम्म निधन हुनेको संख्या ५२८ जना रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार १२० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो हिजोको तुलनामा कम हो । हिजो नेपालमा एकैदिन अहिलेसम्मकै २७ सय २२ जनामा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना सम्बन्धि नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २१२० जनामा संक्रमण देखिएको जानकारी गराएको छन् । यो सगै हाल सम्म ८४ हजार ५७० जनामा कोरोना संक्रमण भईसेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ४४ जना संक्रमित निको भएर घर फर्किएका जानकारी गराएको छन् । हाल सम्म निको हुनेको संख्या ६२ हजार नाघेको छ । हाल ६२ हजार ७४० जना कोरोना मुक्त भएर घर फकेको छन् ।

मन्त्रालयका अनुसार हाल देशभर ४२ सय ४३ जना करेन्टाइनमा रहेको छन् । हाल ९ हजार ७७३ जना संस्थागत आइसोलेशनमा रहेका छन्। हाल २१ हजार ३०२ जना र्आसोलेसन्मा रहेको छन् ।

पछिल्लो २४ घण्टामा १२ हजार ९७८ जनाको पीसीआर भएको छ । यो सहित हाल सम्म १० लाख ६१ हजार ६६४ जनाको कोरोना परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal