आज :

पत्रकारको रिले अनसनको तेस्रो दिनः बाबुराम भट्टराईलगायतले एक्येवद्धता जनाउँदै

काठमाडौँ । कोरोना भाइरस महामारीका बहानामा विभिन्न संचारमाध्यबाट पीडित पत्रकारहरुले रिले अनसन सुरु गरेको आज तीन दिन भएको छ ।

कोभिड–१९ को बहानामा जबरजस्ती निष्काशन गरिएका पत्रकार र कर्मचारीलाई निःशर्त तत्काल पुनर्बहाली, सरकारले तोकेको पारिश्रमिक अनिवार्य उपलब्ध गराउनु पर्ने, बाँकी रहेको बक्यौता तत्काल भुुक्तानी गर्नुपर्ने, जबरजस्ती राजिनामा दिन बाध्य पार्ने, बदनियतपूर्ण गरिएका सरुवा खारेज, बेतलबी विदा खारेज गर्नुपर्नेलगायतका कामहरु पत्रकार तथा कर्मचारीले अगाडि सारेका छन् ।

संचार गृहका पीडित पत्रकार÷कर्मचारी संयुक्त संघर्ष समितिको अगुवाईमा जारी अनसनमा विभिन्न व्यक्ति, संघ संगठनहरुले एक्येवद्धता जाहेर गरेर मागहरु पूरा गर्न दवाव दिँदै आएपनि आजसम्म सम्बन्धी पक्षाले बेवास्ता गरेको छ ।

यसैबीच पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई अनसनप्रति एक्येवद्धता जाहेर गर्न आउने भएका छन् । क्रान्तिकारी पत्रकार संगठन नेपालका उपाध्यक्ष जन्मदेव जैसीका अनुसार शनिबार वहिान ११ बजे एक्येवद्धताको लागि डा. भट्टराई अनसनस्थल नयाँ वानेश्वर पुग्ने भएका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका जैसीले पीडित पत्रकार र कर्मचारीका मागहरु पूरा नभएसम्म आफूहरुको अनसन जारी रहने बताए ।

समितिका संयोजक धर्मेन्द्र कर्णका अनुसार पीडितका माग पूरा गराउन अनसनदेखि राष्ट्रिय र अन्तराष्ट्रिय संघसंस्थालाई जानकारी गराउनेसम्मका आन्दोलन घोषणा घोषणा गरिएको हो । घोषित कार्यक्रम अन्तर्गत असोज १५ गतेदेखि २० गतेसम्म ५ दिने रिले अनशन, असोज २१ गते अन्नपूर्णपोस्ट र कान्तिपुर टेलिभिजनमा १ घण्टा घेराउ कार्यक्रम तय भएको छ । त्यस्तै, असोज २२ गते कारोबार दैनिक र कान्तिपुर मिडिया ग्रुपमा १ घण्टा घेराउ, असोज २३ गते नागरिक दैनिकमा १ घण्टा घेराउ र असोज २४ गते नेपाल आजमा १ घण्टा घेराउ गर्ने कार्यक्रम तय भएको छ ।

समितिले असोज २५ गते सूचना तथा प्रसारण विभाग र न्यूनतम पारिश्रमिक निर्धारण समितिमा लालटिन बालेर प्रदर्शन गर्ने, असोज २७ गते बालुवाटारमा आधा घण्टा शान्तिपूर्ण धर्ना कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal