आज :

पाँच नम्बर प्रदेशको राजधानी भालुवाङ राख्ने निर्णयविरुद्ध बुटवलमा विरोध जारी

बुटवल । पाँच नम्बर प्रदेश सरकारले स्थायी राजधानी दाङको भालुवाङमा राख्ने निर्णय गरेसँगै बुटवलमा विरोध प्रदर्शन सुरु भएको छ । सरकारको निर्णय सार्वजनिक भएसँगै स्थानीयहरु सडकमा निस्किएका हुन् । उनीहरुले सरकारको निर्णय अन्ययपूर्ण रहेको भन्दै खारेज गर्न माग समेत गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र (नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्ड बालुवाङमा स्थायी राजधानी राख्न सहमत भएका थिए । ओली-प्रचण्डले भालुवाङमा राजधानी राख्ने सहमति गरेको केही घण्टामै प्रदेश सरकारले निर्णय गरेको थियो ।

प्रदेश राजधानी कहाँ राख्ने भन्नेबारेको लामो समयदेखिको विवाद समेत अन्त्य भएको छ । १२ जिल्ला रहेको यो प्रदेशको राजधानी दाङ देउखुरी क्षेत्रमा राख्ने सत्तारुढ (नेकपा)बीच सहमति भएको छ ।

बर्दिया र बाँकेले आफूहरु कर्णाली प्रदेशसँग जाने चेतावनी दिएपछि बुटवलबाट राजधानी दाङ सार्ने दवाव परेको थियो । बालुवाङ सबैको केन्द्र भाग भएकोले राजधानी राख्ने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ । करिब ४९ लाख जनसंख्या रहेको यस प्रदेशको क्षेत्रफल लगभग २२ हजार २७७ वर्ग किमी छ । योसँगै बाँके-बर्दिया र रुकुम-रोल्पालाई पनि नजिक परेको छ ।

त्यसैगरी प्रदेशको नाम लुम्बिनी राख्ने समेत सरकारले निर्णय गरेको छ । अब दुबै निर्णय संसद बैठक जाने भएका छन् । संसदले अनुमोदन गरेपछि नाम र राजधानीको विवाद औपचारिक रुपमै अन्त्य हुनेछ ।

शनिबार पनि विरोध जारी राख्ने स्थानीयले बताएका छन् । यसको नेतृत्व नेपाली काँग्रेसले गरेको छ । तर दाङमा भने खुशीयाली छाएको छ । स्थानीयले खुशी बनाएका छन् ।

(नेकपा) नेता तथा कृषिमन्त्री घनश्याम भुसाल, महासचिव विष्णु पौडेल, नेपाली काँग्रेसका सचेतक बालकृष्ण खाँड, राप्रपाका दीपक बोहोरालगायतका नेताहरुले प्रदेश राजधानी दाङमै राख्न चाहेका थिए । त्यसैगरी मुख्यमन्त्री शंकर पोखरेल (नेकपा) नेताहरु वर्षमान पुन, जनार्दन शर्मा, ओनसरी घर्ती दाङमा राजधानी हुनु पर्ने पक्षमा थिए । त्यस्तै पूर्वसभामुख कृष्णबहादुर महराले पनि चुनावको बेला दाङमा राजधानी ल्याउने मतदातासँग बचन दिएका थिए ।

प्रदेशसभामा (नेकपा)कै बहुमत भएकोले अब स्थायी राजधानी भालुवाङमै हुने निश्चित भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal