आज :

अछामको ढकारी गाउँपालिकाका प्रशासकीय अधिकृत वली नेकपाको जनअदालतमा, कोरोना खर्चबारे जवाफ दिए

अछाम । जिल्लाको ढकारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वली जनअदालतमा उपस्थित भएका छन् । कोरोना महामारीमा व्यापक भ्रष्टाचार भएको स्थानीयको गुनासोपछि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको गठन गरेको जनपरिषदको अदालतले   वलीलाई जवाफ दिन बोलाएको थियो ।

कोरोना महामारीको नाममा जिल्लाकै सबैभन्दा धेरै १ करोड ४८ लाख रुपैयाँ खर्चमाथि स्थानीयले प्रश्न उठाएका थिए । सोही विषयमा जवाफ दिन वलीलाई भनिएको जिल्ला जनपरिषद् प्रमुख निरक शाहीले जानकारी दिए । ”स्थानीय जनताले कोरोनाको बेला भएको खर्चमाथि प्रश्न उठाउँदै हाम्रो जनअदालतमा गुनासो गरिएको थियो । सोही अनुसार गाउँपालिकालाई जवाफ दिन हामीले भनेका थियौं तर प्रमुख प्रशासकीय अधिकृत वलीले केही समय लाग्ने भनेपछि हामीले पाँच दिनभित्र खर्च बिबरणसहित जवाफ दिन भनेका छौै” प्रमुख शाहीले अनलाइन डबलीसँग भने ।

गाउँपालिकाले आफूहरुलाई दिने खर्च बिवरण हेरेर आवश्यक निर्णय लिने जनपरिषद् अछामले बताएको छ । स्थानीयको सहभागीगतामा जनअदालतमा उपस्थित गराइएका वलीले ५ दिनभित्र खर्च बिवरण बुझाउने बताएपछि उनलाई वलीलाई छोडिएको प्रमुख शाहीले बताए ।

त्यसैगरी जिल्लाका अन्य स्थानीय तहमा पनि कोरोनाका नाममा व्यापक अनियमितता भएको जनगुना तथा उजुरी आइरहेको बताउँदै शाहीले अध्ययन र अनुसन्धान सुरु गरिएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal