आज :

अर्थमन्त्रीबाट राजीनामा दिएका डा. खतिवडा अमेरिकाको लागि नेपाली राजदूतमा सिफारिस

काठमाडौँ । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको लागी नेपाली राजदुत  नियुक्तको लागि सिफारिस गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकी राजदूतमा डा. खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

भदौ १९ गते शुक्रबार मन्त्री पदबाट राजीनामा दिएका डा. खतिवडाले राजीनामा दिएका थिए । सक्तारुढ नेकपाले राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई सिफारिस गरेपछि खतिवडाले राजीनामा दिएका थिए । डा. खतिवडा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार समेत रहेका छन् ।

मन्त्रिपरिषद गठन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई बनाएका थिए । नेपालमा पटक–पटक फेरिने सरकारमा विज्ञहरुले मन्त्री बन्न नपाइरहेका बेला डा. खतिवडा ओलीको क्याबिनेटमा सोझै अर्थमन्त्री बनेका थिए ।

राष्ट्र बैंकका पूर्वगभर्नर र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष भइसकेका खतिवडा । नेकपा सचिवालयले वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेपछि अब अर्थमन्त्री डा. खतिवडाको कार्यकाल थपिने सम्भावना सकिएको थियो । त्यस पछि उनले बाध्य भएर राजीनामा दिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal