
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले आपूर्ति व्यवस्थामा कुनै समस्या नभएकोले खाद्य सामाग्रीमा संकट नहुने बताएका छन् । उनले भारत निर्यात गर्न सकारात्मक भएको बताउँलै अन्य सामाग्री नियमित रुपमा आपूर्ति भइरहेको बताए ।
कोरोना महामारीका कारण उत्पन्न समस्या समाधानको लागि सम्बन्धीत निकायसँग समन्वय भइरहेको, पेट्रोलियम पदार्थलगायत खाद्यन्न आपूर्तिमा कुनै नियमित भइरहेको जानकारी दिए । मन्त्री भट्टले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबड भएसँगै नेपालमा मूल्य समायोजना हुने गरेको बताउँदै भारतभन्दा नेपालमा पेट्रोलियम पदार्थ सस्तो भएको जानकारी दिए । उनले चीनबाट पेट्रोलियम पदार्थ ल्याउने कार्यको अध्ययन भइरहेको बताए ।
प्याज निर्यतमा भारत सकारात्मक भएको मन्त्रीले जानकारी दिए । त्यस्तै, बजार अनुमन जारी रहेको भन्दै महामारीको बहानामा कृतिम अभाव सिर्जना गरी हुने कालोबजारी र महंगी बढाउने साना र ठूला माछा कसैलाई पनि नछोड्ने बताए ।
पत्रकारको प्रश्नको जवाफ दिँदै मन्त्री भट्टले ऊखु किसानको केही समस्या समाधान भएको र केही उद्योग बन्द भएको अवस्थामा हकवालाबाट किसानालाई भुक्तानी दिने वातावरण मिलाउन लागिपरेको बताए ।
आफूले मन्त्रालय समालेदेखि हालसम्म भएगरेका काम तथा प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री भट्टले उद्योग र वाणिज्य दुबैलाई सन्तुलित बनाएर अगाडि बढाएको जानकारी दिए । बाह्य लगानी भित्र्याउने, सरकारी उद्योग संचालन, विशेष आर्थिक क्षेत्र घोषणा, दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको प्रारम्भिक कार्य सम्पन्न, बझाङमा खानी उत्खननको लागि अध्ययन तथा अनुसन्धान, १२० वटा औद्योगिकग्राम घोषणा गरिएको मन्त्री भट्टले जानकारी दिए । त्यस्तै, खाद्य संस्था र नेश्नल ट्रेडिङलाई मर्ज गरी नयाँ कम्पनी, ७७ वटै जिल्लामा वाणिज्य कार्यालय संचालन गरिएको जानकारी दिए ।
त्यसैगरी भट्टले मन्त्रालय समालेपछि लगानी प्रवद्र्धनसँग सम्बन्धीत एक आपसमा बाझिएका विभिनन मन्त्रालयका तथा निकाय सम्बद्ध कानूनहरुको एकमुष्ट संशोधन गर्ने उद्देश्यले केही नेपाल ऐन संशोधन सम्बन्धी विधेयक पेश गर्न सहसचिवको संयोजकत्वमा कार्यदल गठन भएको, नेपालमा चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधनहरुको एसेम्बलीङ उद्योग स्थापना र सफतापूर्व संचालनमा सरकार र अन्य पक्षले गर्नुपर्ने पहलका बारेमा कार्ययोजनासहित सिफारिस गर्न कार्यदल गठन, कृषि क्षेत्रमा वैदेशिक लगानी ल्याउने बारेमा एक कार्यदलले अध्ययन गरिरहेको मन्त्रीले पत्रकार भेटघाटमा जानकारी दिए ।
हालसम्म नेपालमा बौद्धिक सम्बन्ध ऐन नभएको बताउँदै त्यस सम्बन्धी कानुन व्यवस्थि तगर्न बौद्धिक सम्पत्ति सम्बन्धी विधेयक मन्त्रिपरिषद् र संसद समक्ष यथाशिघ्र पेश गर्न गृहकार्य भइरहेको पनि मन्त्री भट्टले जानकारी दिए ।
धौवादी फलाम खानीको उत्पादन संचालन सम्बन्धी तयारी भइरहेको, फलामको वैज्ञानिक परीक्षण कार्य चीनको छेन्दुमा सफलतापूर्वक सम्पन्न भएको, पर्वतको फलाम र तनहुँको तामा खानी अध्ययन कार्य सम्पन्न भएको, थप १२ वटा खानी उद्योग संचालनको अनुमति प्रदान गरिएको, ४१ वटा भूकम्प मापन स्टेशनामार्फत ३९७४ वटा भूकम्प मान गरिएको सो अबसरमा जानकारी दिइएको छ ।
त्यसैगी सरकारी स्वामित्वमा संचालित तथा नीजि क्षेत्रबाट संचालित रुग्ण उद्योगहरुको पुनरुत्थान तथा पुनःसंचालनका लागि औद्योगिक व्यवसाय ऐनअनुसार विज्ञ समिति गठन गरिएको, गोरखकाली रबर उद्योगका ३५२ जना कर्मचारीको अनिवार्य अवकोश दायित्व भुक्तानी भएको र प्राविधिक पक्ष समेत विश्लेषण गरी संचालनको मोडालिटी तयार भइरहेको मन्त्रालयले तयार गरेको प्रगति विवरणमा उल्लेख गरिएको छ ।
उद्यमशीलता, रोजगारी सिर्जना तर्फ लघु घरेलु तथा साना उद्योगलाई प्रवद्र्धन गर्न लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र स्थापना गरी संचालन ल्याइएको जाककारी दिइएको थियो । त्यस्तै, ग्रामिण उद्यम तथा विप्रेषण अन्तरगत विपन्न परिवार र वैदेशिक रोजगारीमा रहेका श्रमिकका परिवारलाई कृषि उत्पादनमा सहयोग, वेरोजगार युवायुवतीलाई रोजगारमूलक विषयमा सीपमूलक तालिम प्रदान, श्रमिकहरुलाई औद्योगिक प्रशिक्षण र सो पश्चात सोही प्रतिस्ठानमा रोजगारीको सुनिश्चितताको लागि उद्योग वाणिज्य संघसँग सम्झौता, वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई आप्रवासी श्रोतकेन्द्र तथा सूचना कक्षबाट सूचना, परामर्श तथा अभिमुखिकरण तामिल दिइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
कार्यक्रममा मन्त्रालयक सचिव चन्द्रकुमार घिमिरे र बैकुण्ठ अर्यालले अहिलेसम्म भएका कार्य र प्रगतिबारे थप जानकारी गराएका थिए ।