
काठमाडौँ । एकै हप्तामा दुई बालिकाको ब.लात्कार घटनामा मारिएकी छन् । बझाङमा सम्झना बिकलाई बलात्कारपछि मारेर फालिएको घटना लगत्तै सुनसरीमा पनि त्यस्तै प्रकृतिको घटना घटेको सार्वजनिक भएको छ ।
बुधबार साँझ सम्झनाको घटना भएको थियो भने शुक्रबार राति सुनसरी अर्की १२ वर्षीय मिना राई मारिएकी थिइन् । बझाङ मष्टा गाउँपालिका–२ कि १२ बर्षीया सम्झना विश्वकर्मा घर नजिकै गोठमा गाईबस्तुलाई गाँस हाल्न गएकी थिइन् । १० मिनेटको पैदल दुरीमा रहेको उक्त गोठबाट सम्झना ३ घण्टासम्म नफर्किएपछि खोजी भएको थियो ।
परिवारले शिवमाण्डौ मन्दिर नजिकै सम्झनाको शव भेटिएको थियो । परिवारले घटनाबारे प्रहरीलाई खबर गरे । अनुसन्धानको क्रममा प्रहरीले स्थानीय राजेन्द्र बोहरालाई पक्राउ गर्यो । राजेन्द्रले केही दिन पहिले मात्रै सम्झनालाई जिस्काएको परिवारले देखेका थिए ।
प्रहरीका अनुसार अनुसन्धानको क्रममा राजेन्द्र गाउँमा विभिन्न अपराधमा छोडिएको र सम्झनाको पनि बला’त्कारपछि मारेर फालेको पत्ता लागेको थियो । उनी कक्षा ६ पढ्दै थिइन् ।
राजेन्द्रले साउन २९ गते सोही ठाउँकी १३ बर्षीया बालिकालाई बलात्कार गरेको ३१ गते आफन्तहरुले मिलापत्र गरेको पनि खुलेको प्रहरीले बताएको छ । उक्त घटना लुकाएकै कारण सम्झनाको घटना भएको प्रहरीको ठम्याई छ ।
त्यसैगरी सुनसरीको बराह क्षेत्र नगरपालिका– १ कटहरेमा १२ बर्षीय बालिका मृत अवस्थामा फेला परेकी थिइन् । उनले ब लात्कारको प्रतिरोध गर्दा मारिएको आशंका प्रहरीले गरेको छ । बालिकाकै घरमा घटना भएको थियो ।
बाबु आमा छिमेकमा धामी राखिएको घर गएका बेला बालिकामाथि घरमै स्थानीय रञ्जित राईले बलात्कार प्रयास गरेको र प्रतिकार गर्दा बालिका मारिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
धामी हेर्नबाट निन्द्रा लाग्यो भन्दै मिना एक्लै घर फर्किएकी थिइन् । प्रहरीका अनुसार राजेन्द्र राति ११ बजे झ्यालबाट मिन सुतेको कोठासम्म पुगे । बलात्कार प्रयास गर्दा प्रतिकार गर्न खोज्दा राजेन्द्रले बोटलले टाउकोमा हानेको र घाँटी चिथेर मारेका थिए ।
मिनाको घटनामा राजेन्द्रको संलग्नता रहेको कुकुरले पत्ता लगाएको हो । बालिकाको शव भेटिएपछि प्रहरीले अभियुक्त खोज्न कुकुरको सहायता लिएको थियो । संघीय प्रहरी इकाई धरानबाट लगिएको ‘ट्रयाकिङ डग लैला’ घटना स्थलबाट रञ्जितको घरसम्म पुगेपछि प्रहरीले रञ्जितलाई पक्राउ गरेको हो ।
- सम्झना बिकको फाइल फोटो