आज :

स्पाइनल ट्युमरबाट निराजन बटालाको अवस्था गम्भीर, आर्थिक अभावका कारण बेडमै थलिए

काठमाडौँ । स्पाइनलमा ट्यूमरका कारण अछामका निराजन बटालाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोलास्थिति मतीका निराजन विगत एक वर्षदेखि स्पाइलन ट्युमरबाट पीडित छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि निराजन घरबाट भारतको पुना पुगे । मजदूरी गरी कमाएर उपचार गर्ने योजनामा मुम्बई पुगेका निराजनले आर्थिक जुटाउन सकेनन् । समयमै उपचार हुन नसक्दा स्वास्थ्य अवस्थामा गम्भीर बन्दै गएपछि पुनाको एक अस्पतालमा भर्ना भए । तर, आर्थिक अभावका कारण उपचार हुन सकेन ।

उपचार गर्ने भनेर भारत गएका निराजन कोरोना महामारीसँगै मजदूरी काम नपाएपछि उपचार नगरेरै घर फर्किए । घर पुगेको केही दिनमैमै स्वास्थ्य थप समस्या देखियो । अहिले निराजनको कम्मर मुनीको शरीरले काम गर्न छोडेको छ । उपचारको लागि अहिले कामठमाडौँको बल्खुस्थित बयोधा अस्पतालको बेडमा रहेका निराजनको आर्थिक अभावका कारण उपचारमा समस्या उत्पन्न भएको छ । चिकित्सकाहरुले तुरुन्त जटिल शल्यक्रिया नगरेर थप समस्या हुने बताएका छन् ।

घरबाट शल्यक्रिया जुटाउन सक्ने अवस्थामा नभएपछि निराजनले सहयोगको लागि अपील गरेका छन् । उनले आफन्त, मित्रजन र सहयोगी दातासँग सक्दो सहयोगको लागि आग्रह गरेका छन् ।

“अहिले म काठमाडौँको बयोधा अस्पतालको बेडमा छु । आर्थिक अभावका कारण शल्यक्रियामा समस्या छ । मेरा आफन्त, मित्र तथा शुभचिन्तक र सहयोगी मनहरुसँग सक्दो सहयोग गरी मलाई बचाई दिनहुन अनुरोध गर्दछु” निराजनले अस्पतालको बेडबाटै भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal